शुक्रबार, भदौ ५, २०८३

अध्यादेश निष्क्रिय बनाएपछि मात्र मन्त्रिपरिषद् विस्तार

सत्तारुढ गठबन्धनको आइतबार बसेको बैठकले एकदुई दिनभित्रमै अध्यादेशलाई निष्क्रिय बनाउने र मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको हो।
 |  आइतबार, असोज १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १०, २०७८

काठमाडौं– सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय बनाएर मन्त्रिपरिषद् विस्तार गर्ने भएको छ। सत्तारुढ गठबन्धनको आइतबार बसेको बैठकले एकदुई दिनभित्रमै अध्यादेशलाई निष्क्रिय बनाउने र मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको हो। बैठकमा सहभागी एक नेताले एकदुई दिनमै सरकार विस्तार हुने दाबी गरे। सर्वोच्चले अध्यादेशका सन्दर्भमा अन्तरिम आदेश दिन अस्वीकार गरेकाले अध्यादेश निष्कृय बनाउन कानुनी अड्चन नआउने निष्कर्षसमेत बैठकले निकालेको छ। 

बैठकमा जसपाले राजनीतिक दलसम्बन्धी अध्यादेश तत्काल निष्क्रिय बनाउनुनपर्ने प्रस्ताव गरेको थियो। मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएकाले जसपाको मागबमोजिम अध्यादेश निष्क्रिय बनाउन सत्तारुढ दलहरु सहमत भएका हुन्। 

‘माधव नेपालले आफ्नो पार्टीमाथि कुनै प्रश्न उब्जिने हो कि भनेर आशंका व्यक्त गर्नुभएको थियो। तर, अदालतले नै अन्तरिम आदेश दिन अस्वीकार गरेको अवस्थामा अब कुनै प्रश्न नउब्जिने भन्दै अन्य शीर्ष नेताहरुले आश्वस्त पार्नुभयो’, बैठकमा सहभागी एक नेताले भने। उनका अनुसार नेकपा एकीकृत समाजवादी  पनि अध्यादेश निष्क्रिय बनाउने विषयमा सहमत भएको छ। 

बैठकमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत उपस्थित थिए।

प्रकाशित: Sep 26, 2021| 17:21 आइतबार, असोज १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...