शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसले सार्वजनिक गर्‍यो थप ५ जिल्लाको क्रियाशील सदस्यको सूची

कांग्रेसले सार्वजनिक गर्‍यो थप ५ जिल्लाको क्रियाशील सदस्यको सूची

नेपाली कांग्रेसले थप पाँच जिल्लाको क्रियाशील सदस्यहरुको सूची सार्वजनिक गरेको छ।
 |  आइतबार, असोज १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १०, २०७८

काठमाडौं - नेपाली कांग्रेसले थप पाँच जिल्लाको क्रियाशील सदस्यहरुको सूची सार्वजनिक गरेको छ। पार्टीको  १४ औँ महाधिवेशनका लागि कांग्रेसले आइतबार थप पाँच जिल्लाको क्रियाशील सदस्यहरुको सूची सार्वजनिक गरेको हो।  

आइतबार क्रियाशील सदस्यताको सूची सार्वजनिक भएका जिल्लाहरुमा महोत्तरी, सिराहा, बाँके, सुर्खेत र डोल्पा रहेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

उनका अनुसार बाँकी आठ जिल्लाको क्रियाशील सदस्यको नामावली सोमबारसम्म सार्वजनिक गरिने छ।

कांग्रेसले यसअघि ६४ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरिसकेको छ। ती जिल्लामा वडा अधिवेशन पनि भइसकेको छ।

वडा अधिवेशन भइसकेका ५५ जिल्लामा शनिबारदेखि गाउँ-नगर अधिवेशन थालिएको छ। केही जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्याएर दसैंअघि नै सबै पालिका अधिवेशन गर्ने निर्णय भइसकेको छ। 

प्रकाशित: Sep 26, 2021| 16:40 आइतबार, असोज १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...