शुक्रबार, असोज ४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • वन्यजन्तु जोगाउनै मुस्किल : कस्तुरीको बिनादेखि चौँरीको पुच्छरसम्म तस्करी

वन्यजन्तु जोगाउनै मुस्किल : कस्तुरीको बिनादेखि चौँरीको पुच्छरसम्म तस्करी

 |  शुक्रबार, कात्तिक १४, २०७७
nespernesper

देव राना

देव राना

शुक्रबार, कात्तिक १४, २०७७

सुर्खेत- कात्तिक ५ गते सुर्खेतको एक होटेलमा वन्यजन्तुको कारोबार भइरहेको सूचना प्रहरीलाई पुग्यो।

triton college

सूचना पाउनासाथ जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरी निरीक्षक गोपाल रायमाझीको नेतृत्वमा प्रहरी खटायो। प्रहरीले दुई थान रेडपाण्डाको छालासहित चार जना तस्करलाई नियन्त्रणमा लियो।

दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित पक्राउ परेका दैलेखको नारायण नगरपालिका–९ का ४० वर्षीया सबिता थापा, नौमुले गाउँपालिका–२ का २६ वर्षीय मनोज बिक, वडा नं. ३ का ४१ वर्षीय मनबहादुर सुनार र २९ वर्षीय पदमबहादुर सुनार अहिले हिरासतमा छन्।

दुर्लभ वन्यजन्तुको चोरीनिकासी भएको यो एउटा प्रतिनिधि घटना मात्रै हो। पछिल्लो तीन वर्षको तथ्यांक हेर्ने हो भने कर्णालीमा वर्षेनी वन्यजन्तुको चोरीनिकासी बढ्दै गएको पाइएको छ। 

कर्णाली प्रदेश प्रहरी कार्यालयको पछिल्लो तथ्यांकअनुसार विगत तीन वर्षमा ६३ थान चितुवाको हड्डी, ६५ थान चौरी गाइको पुच्छर र ६० थाना कस्तुरीको बिना प्रहरीले तस्करको हातबाट नियन्त्रणमा लिएको छ।

Metro Mart
vianet

त्यस्तै ९५ थान बाघको हड्डी, १३ थान रेडपाण्डा, नौ थान चितुवाको छाला र एक थान डाँफे पनि प्रहरीले नियन्त्रण लिएको छ। चितुवा, चौँरीगाई, डाँफे, कस्तुरिको बिना र बाघ लगायतका वन्यजन्तुहरु दुर्लभ मानिन्छ। कानूनअनुसार यीनीहरुको चोरीशिकारी गर्नु अवैध हाे। 

तथ्यांकअनुसार आर्थिक वर्ष २०७३/०७४ सालमा चार थान चितुवाको छाला, ६३ थान चितुवाको हड्डी र दुई थान रेडपाण्डा, २०७४/०७५ मा चौँरीको पुच्छर सेतो ४३ थान, कालो १३ थान र कस्तुरीको बिना पाँच थान, आर्थिक वर्ष २०७५/०७६ मा चितुवाको छाला चार थान र रेडपाण्डा पाँच थान, २०७६/०७७ मा रेडपाण्डाको छाला दुई थान, चितुवाको छाला एक थान, कस्तुरीको बिना ५५ थान, बाघको छाला एक थान र ९५ थान बाघको हड्डी नियन्त्रणमा लिन सफल भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सह–प्रवत्ता प्रहरी उपरीक्षक (एसपी) माधवप्रसाद श्रेष्ठले जानकारी दिए। चालू वर्षमा एक थान डाँफे र दुई थान रेडपाण्डा नियन्त्रणमा लिएको प्रहरी जनाएको छ।

यी घटनाहरु हेर्दा दुर्लभ वन्यजन्तुलाई तस्करको जालोबाट बचाउनै धौधौ परेको देखिन्छ। ‘स्थानीय नागरिक सचेत नहुँदासम्म वन्यजन्तुको चोरीनिकासी रोक्न धौधौ पर्छ’ एसपी श्रेष्ठ भन्छन्, ‘स्थानीयको सहयोगबिना प्रहरी एक्लैले तस्करको जालो तोड्न सम्भव छैन।’ भौगोलिक विकटता र तस्करले चोरी बाटो प्रयोग गर्ने हुँदा वन्यजन्तुको चोरीशिकारी रोक्न चुनौतिपूर्ण देखिएको छ।

राजधानी नै वन्यजन्तुको अवैध कारोबार स्थल

सुर्खेत अर्थात् कर्णाली प्रदेशको राजधानी नै वन्यजन्तुको कारोबार स्थलमा रुपमा देखा परेको छ।

आर्थिक वर्ष २०७३/०७४ मा सुर्खेतमा मात्रै ६३ थान चितुवाको हड्डी, दुई थान चितुवाको छाला र दुई थान रेडपाण्डाको छाला, २०७४/०७५ मा चौरीको सेतो पुच्छर ४३ थान, कालो पुच्छर १३ थान र कस्तुरीको बिना पाँच थान, २०७५/०७६ मा दुई थान चितुवाको चाला र चालू आर्थिक वर्षमा दुई थान रेडपाण्डाको छाला प्रहरीले नियन्त्रणमा लिएको छ।

यसरी हेर्दा वन्यजन्तु तस्करका लागि सुर्खेत जिल्ला कारोबारस्थलका रुपमा देखिएको छ। पछिल्लो तीन वर्षमा धेरै तस्करहरु सुर्खेतबाट नै पक्राउ परेका छन्।

जिल्लागत रुपमा हेर्दा पछिल्लो तीन वर्षमा सल्यानबाट दुई थान चितुवाको छाला, दैलेखबाट बाघको हड्डी ९५ थान, चितुवा र बाघको छाला एक/एक थान नियन्त्रणमा लिइएको छ।

त्यस्तै रुकुमपश्चिमबाट रेडपाण्डाको छाला तीन थान र चितुवाको छाला दुई थान, जाजरकोटबाट रेडपाण्डा तीन थान, जुम्लाबाट कस्तुरीको बिना ५५ थान, डोल्पाबाट रेडपाण्डा र डाँफे एक/एक थान नियन्त्रणमा लिइएको छ।

तीन वर्षमा २७ जना तस्कर पक्राउ

पछिल्लो तीन वर्षमा वन्यजन्तुको कारोबार गर्ने २७ तस्कर पक्राउ परेका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार पक्राउ परेका तस्करमध्ये दुईजना महिला र १५ पुरुष छन्।

आर्थिक वर्ष २०७३ मा सुर्खेत र सल्यानबाट तीन/तीन जना र २०७४ सालमा सुर्खेतबाट तीन जना, २०७५ मा सुर्खेत, दैलेख, डोल्पा, जाजरकोट र रुकुमपश्चिमबाट सात जना, २०७६ सालमा जाजरकोट, रुकुमपश्चिम, जुम्ला र दैलेखबाट ६ जना र चालू आर्थिक वर्षमा डोल्पा र सुर्खेतबाट पाँच जना तस्कर पक्राउ परेका छन्।

प्रहरीले पक्राउ गरेका तस्करहरुलाई वन्यजन्तु चोरीशिकारी ऐन अन्तरगत कारबाहीको लागि सम्बन्धित जिल्ला वन र राष्ट्रिय निकुञ्जमा बुझाउने गर्दछ।

प्रकाशित: Oct 30, 2020| 12:10 शुक्रबार, कात्तिक १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।