आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

सुपरमार्केटमा पनि ठाउँ पायो गुर्जोले, मात्रामा ध्यान दिन विज्ञको सुझाव

अहिले बिरुवाको पनि माग बढेको छ।
 |  शुक्रबार, कात्तिक १४, २०७७
nespernesper

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

शुक्रबार, कात्तिक १४, २०७७

विराटनगर– कोरोना महामारी आउनुअघि गुर्जोका बारेमा कमैलाई मात्र थाहा थियो। आयुर्वेदका जानकार र यसको नियमित प्रयोगकर्ताबाहेक कमैले मात्र यसको महत्व बुझेका थिए। 

triton college

कोरोनासँगै गुर्जोका पनि दिन आए। कोरोना संक्रमितले समेत औषधिको रुपमा गुर्जो सेवन गर्न थालेपछि त झन् बजारमा यसको माग निकै बढेको छ। माग बढ्दै गएपछि  सुपरमार्केटमा समेत पाइन थालेको छ। 

विराटनगरमा विरलै पाइने गुर्जो भाटभटनी सुपरमार्केटले बिक्री सुरु गरेको छ। मुठा बनाएर भाटभटेनीले प्रतिमुठा २६ रुपैयाँ मूल्य राखेर बिक्रीका लागि राखेको छ। 

नेपालमा कोरोना संक्रमण बढ्दै गएपछि रोग प्रतिरोधात्मक क्षमता बढाउन यसको प्रयोग ह्वात्तै बढेर गएको हो। अहिले गुर्जोको लोकप्रियता बढेको छ। जंगल, खेतबारीको घारीमा फैलिएर बसेको गुर्जोको खोजी बढ्यो। स्थानीय तहका प्रतिनिधिहरुले जंगलमा गएर खोजेर ल्याउन थाले।  

गुर्जो नपाइने ठाउँमा मगाउन थालियो। कोरोना संक्रमण हुनासाथ संक्रमितहरु गुर्जो खोज्न थाले। कोरोनाबाट बच्नका लागि पनि यसको नियमित प्रयोग बढ्न थाल्यो। कोरोना संक्रमण भएका अधिकांश व्यक्तिले यसको प्रयोग गरेको पाइन्छ। अहिले संक्रमितले अन्य आयुर्वेद औषधिको तुलनामा गुर्जोको प्रयोग बढी गर्ने गरेका छन्।  

Metro Mart
vianet

विराटनगरमा आफन्त, साथीभाइलाई संक्रमण हुनासाथ गुर्जो पठाइदिने गरेको मोरङ पथरीशनिश्चरेका लोकबहादुर चौहानले सुनाए। उनले भने, ‘मेरो बारीभरी छ गुर्जो।  कतिपयले नचिन्ने भएकाले पनि म घरबाट टुक्रा बनाएर गाडीमा पठाइदिने गरेको छु।’ आफूले पनि नियमित प्रयोग गर्ने गरेको उनले बताए।

कोरोना संक्रमण भएको तीन सातापछि संक्रमणमुक्त भएका प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले पनि संक्रमण अवधिभर गुर्जोको प्रयोग बढाएको बताए। उनले भने, ‘गुर्जोसँगै अन्य आयुर्वेद औषधि पनि प्रयोग गरेँ।’ 

कोरोना संक्रमण हुनासाथ धेरैले गुर्जो प्रयोग गर्न सल्लाह दिने गरेको विराटनगरका पत्रकार कमल रिमालले बताए। उनले भने, ‘गुर्जोले रोग प्रतिरोधात्मक क्षमता कति बढायो, बढाएन त्यो थाहा भएन। तर संक्रमण अवधिभर नियमित जसो गुर्जोको प्रयोग गरेँ। अहिले पनि कहिलेकाहीँ खान्छु।’

विराटनगर–३ का ६२ वर्षीय विनोद ढकालले भने ५ वर्षदेखि नियमित रुपमा गुर्जो सेवन गर्दै आएको बताए। यसले ज्वरो, रुघाखोकी लाग्न नदिने उनको अनुभव छ।
आफन्तलाई कोसेलीका रुपमा अहिले गुर्जो पठाइदिने गरेको उनले सुनाए। अहिले बिरुवाको पनि माग बढेको छ।

गुर्जोलाई रसायन औषधिका रुपमा लिइन्छ। आयुर्वेदमा यसलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधिका रुपमा उल्लेख गरिएको प्रदेश १ सामाजिक विकास मन्त्रालयका आयुर्वेद चिकित्सक डा. रविन्द्र निरौलाले बताए। गुर्जोलाई चूर्ण, काँचो डाँठलाई काडा बनाएर र सत्वका रुपमा प्रयोग गर्न सकिने उनको भनाइ छ।

गुर्जोले रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकाले जुनसुकै संक्रमणबाट जोगिन सहज हुने डा. निरौलाको तर्क छ।
 

प्रकाशित: Oct 30, 2020| 00:06 शुक्रबार, कात्तिक १४, २०७७
प्रतिक्रिया दिनुहोस्