आइतबार, जेठ ३, २०८३

जापान जाने विद्यार्थीलाई कूटनीतिक पहल गरेर पठाउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन

संसद्‌को शिक्षा तथा स्वास्थ्य समितिले जापानमा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई कूटनीतिक पहल गरेर पठाउने वातावरण मिलाउन सरकारलाई निर्देशन दिएको छ।
 |  आइतबार, असोज १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १०, २०७८

काठमाडौं- संसद्‌को शिक्षा तथा स्वास्थ्य समितिले जापानमा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई कूटनीतिक पहल गरेर पठाउने वातावरण मिलाउन सरकारलाई निर्देशन दिएको छ।

National life

समितिमा आइतबार भएको छलफलमा जापानका भाषा स्कूलबाट विद्यार्थी अध्ययनका लागि योग्य भएको सर्टिफिकेट सीओई आएर पनि जापानमा अध्ययनका लागि जान नपाएका करिब १३ हजार नेपाली विद्यार्थीलाई कूटनीतिक पहल गरेर जाने वातावरण मिलाउन सरकारलाई निर्देशन दिएको हो।

यसअघि जापान जाने योग्य भएका विद्यार्थीहरुले यसअघि समितिमा गएर पहल गरिदिन आग्रह पनि गरेका थिए। 

समिति सभापति जयपुरी घर्तीले विद्यार्थीले पैसा बुझाएर भिसा आएपछि पनि जान नपाएको भन्दै गुनासो गरेकाले उनीहरुलाई पठाउन पहल गर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिएकी हुन्।

उनले विद्यार्थीले पैसा पनि बुझाइसकेको र सीओई पनि आइसकेकाले अन्य देशका विद्यार्थीलाई जस्तै नेपाली विद्यार्थीलाई पनि पढ्न जाने वातावरण बनाउन पहल गर्नुपर्नेमा जोड दिइन्।

यसअघि जापानिज् भाषा स्कुल संघ नेपाल (जालसान) ले जापानमा अध्ययनका लागि अनुमतिपत्र (सीओई) प्राप्त गरेका विद्यार्थीलाई नेपाल सरकारले प्रदान गरेको खोपको प्रक्रिया पूरा गरी अध्ययन गर्न जाने वातावरण मिलाइ दिन प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीलाई भेटेर जापान अध्ययनका गर्न जाने विद्यार्थीलाई जापान सरकारद्वारा जारी गरिएको भ्याक्सिन पासपोर्टमा नेपालीलाई पनि सहभागी गराउन कूटनीतिक पहल गर्न ध्यानाकर्षण गराएका थिए।



प्रकाशित: Sep 26, 2021| 15:28 आइतबार, असोज १०, २०७८
प्रतिक्रिया दिनुहोस्