सोमबार, वैशाख ८, २०८२

झिझियामा झुम्यो मिथिला

घटस्थापनादेखि विजया दशमीसम्म देवी स्तुतिको रुपमा यो नृत्य गरिन्छ। बोक्सीबाट आफ्ना सन्तान र समाजको सुरक्षाका लागि यो नृत्य गर्ने गरिएको जनविश्वास छ।  
 |  शुक्रबार, कात्तिक ७, २०७७
nespernesper

जयन्त ठाकुर

जयन्त ठाकुर

शुक्रबार, कात्तिक ७, २०७७

vianetvianet

जनकपुरधाम– मिथिलाञ्चलका लोक नृत्यहरुमध्ये झिझिया एक विशिष्ट प्रकृतिको नृत्य हो, जुन दसैंको समयमा गर्ने गरिन्छ। पूर्ण तान्त्रिक विधिअनुसार गरिने यो नृत्यको मिथिलामा आफ्नै महत्व छ। 

triton college

घटस्थापनादेखि विजया दशमीसम्म देवी स्तुतिको रुपमा यो नृत्य गरिन्छ। बोक्सीबाट आफ्ना सन्तान र समाजको सुरक्षाका लागि यो नृत्य गर्ने गरिएको जनविश्वास छ।  

बलिरहेको दियो तथा असंख्य प्वाल पारिएको घैँटो टाउकोमा राखेर नृत्य गर्ने महिलाले दायाँबायाँ हल्लाइरहने प्रवृत्तिले यसमा निहित विशेष अर्थलाई संकेत गर्छ। महिलाको टाउकोमा राखिएको घैँटोको प्वाल कुनै बोक्सीले गन्न सफल भयो भने नाच्ने महिला ठहरै हुने जनविश्वास छ। 

झिझिया नृत्यको आफ्नै सुर र ताल हुन्छ। नृत्यसँगै गाइने गीतमा बोक्सीलाई गाली गरिनुका साथै धम्कीसमेत दिने गरिन्छ। बोक्सीको अनैतिक शक्तिको प्रभाव सो गालीले कम हुने गरेको तथा सन्ततिको सुरक्षा हुने जनविश्वास रहेको संस्कृतिविद् डा. रेवतीरमण लाल बताउँछन्।   

झिझिया लोकनृत्य धनुषा लगायत महोत्तरी, सिरहा, सर्लाही, बारा, पर्सा सहितका जिल्लामा गरिन्छ। झिझिया कुनै जाति विशेषको नभई सम्पूर्ण मैथिली समाजको लोकनृत्य हो।

National life insurance

समाजमा बोक्सीको उपस्थिति रहेको भन्दै सातौं वा आठौं शताब्दीतिर बोक्सीविरुद्ध प्रतिकार गर्ने उद्देश्यले एउटा अनौठो नृत्यको प्रदर्शन गर्दै झिझिया नृत्यको सुरुवात गरिएको इतिहासकारहरु बताउँछन्। जनकपुरधाममा अहिले पनि प्रत्येक राति समूह–समूहमा महिलाहरु झिझिया नृत्य गरिरहेको देख्न सकिन्छ। दसैँको समयमा विभिन्न क्लबको पहलमा झिझिया नृत्यको आयोजना गरिँदै आएको छ।  

यसको अर्को उद्देश्य दसैँको समयमा देवी दुर्गालाई रिझाउनु पनि हो। झिझिया नृत्य गर्दै गाइने गीतमा बोक्सीलाई गाली गर्नुका साथै भगवती दुर्गाको स्तुति गरिएका अत्यन्त मोहक गीत पनि गाइन्छ। 

झिझिया नृत्यको सबैभन्दा सबल पक्ष सो नृत्यमा गाइने गीत नै हुन्। झिझिया नृत्यमा दुई खाले गीत हुन्छन्। पहिलो देवी स्तुति र दोस्रो बोक्सीलाई गाली गर्ने तथा धम्काउने गीत हुन्छन्।  

लील रंग डालीया, सबुजेङ ओहरिया 
मैयागे भीडि गेलाह बत्तीसो कहार  
कमरुआ देश मैआ कब जइहे गे  

बोक्सी भर्खरै मृत्यु भएका बालकलाई चिहानबाट झिकी उसलाई जिउँदो पारेर नांगै नाच्ने गरेको जनविश्वास पाइन्छ। जो बालक उसकै टुनामुनाद्वारा मारिएको हुन्छ।  

बरहमके पछुआरिए डैनियां मत करिहें श्रृङ्गार गे
बमेलेल आरती दहिने तरुआरि गे
नचैत नचैत गेले डैनियां सीमा ओइ पार गे
सँगे सँगे गेलौ डैनियां  राजा कोतवाल गे
देख लेलकौ खागै डैनियां नङ्टे उघार गे  

यो झिझियाको गीतको मध्यमबाट बोक्सीलाई गाली गरिने गरिन्छ।  

कोठाके उपर डैनिया, 
खिडकी लगैले ना, 
खिडकी ओत्ते डैनिया, 
गुनावा चलैले ना 
आगे किछु होएतौ डैनिया, 
गदहा पर चढैवौ गदहा चढाए 
डैनियां नमुहां हसैबौ ना 

 

बोक्सीलाई धम्क्याउने काम पनि गीतकै माध्यमबाट गरिन्छ। समाजमा बोक्सीलाई कतिसम्म घृणित मानिन्छ भन्ने यो कुरा यो गीतको बोलबाट स्पष्ट हुन्छ।  
डैनिया बेटा मरल पडल है 
अन्हार घर झिझडी 
कोइ नै बाँस कटबैया है 
अन्हार घर झिझडी  

 

मैथिलीका साहित्यकार एवं संस्कृतिविद डा. राजेन्द्र विमल भन्छन् ‘झिझिया गीतको एउटा अर्को पाटो पनि छ र त्यो मनोरञ्जनात्मक र व्यंग्यात्मक शैलीको पाटो हो। झिझिया नृत्य देखाउँदै गाउँका भद्रभलादमी कहाँ जाँदै गर्दा पूर्णाहुतिको लागि चन्दा पनि माग्ने चलन छ।’

प्रकाशित: Oct 23, 2020| 01:33 शुक्रबार, कात्तिक ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।