शनिबार, कात्तिक २९, २०८२

यी हुन् दसैंका सदाबहार गीत

कोरोना महामारीका कारण यसपटकको दसैं उल्लासमय छैन। विगतमा दसैं लक्षित गरेर सयौं दोहोरी र लोक आधुनिक गीत सार्वजनिक हुन्थे। 
 |  बुधबार, कात्तिक ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ५, २०७७

काठमाडौं- कोरोना महामारीका कारण यसपटकको दसैं उल्लासमय छैन। विगतमा दसैं लक्षित गरेर सयौं दोहोरी र लोक आधुनिक गीत सार्वजनिक हुन्थे। 

National life

यसपटक त्यस्ता गीत नगण्य मात्रामा सार्वजनिक भएका छन्। रेडियो टेलिभिजनमा पनि दसैंका गीत गुन्जिएका कमै सुनिएका छन् यसपटक। 

दसैं पुरानो चाड हो। त्यसैले यसको सम्बन्ध संस्कृतिसँग मात्र होइन, समग्र जीवन पद्धतिसँग जोडिएको छ। 

पैसा कमाउन घरबाट बाहिर जाने, दसैंका बेला पर्खने, थोरै समय भए पनि परिवारसँग रमाउने प्रचलन अहिलेको होइन। त्यसैले दसैंका गीत पनि यस्तै यस्तै विषयमा केन्द्रित रहँदै आएका छन्। काम र मामको खोजीमा विदेश जानुपर्ने बाध्यता छँदै छ। 

कतिपय गीतमा परदेशिएका छोराले घर फर्कन नपाउने सन्देश बोकेका हुन्छन्। अचेल कामको खोजीमा छोरी र बुहारी पनि विदेश जाने चलन बढेको छ। 

Laxmi sunrise bank
kumari

दसैंका गीतमा भने घर फर्कन नपाएको छोरोले आफ्ना आमा, बाबु, पत्नी, सन्तान, दाजुभाइलाई सम्बोधन गरेको पाइन्छ। यस्ता गीत विरहले भरिएका हुन्छन् भने कतिपय गीत दसैंको रमाइलोसँग पनि जोडिएका छन्।  

दसैंसँग जोडिएको नारायण गोपालको निकै नै रुचाइएको गीत बिछोडको पीडा

त्यस्तै गायक जीवन शर्माको यसपाली त यस्तै भो आमा

नारायण रायमाझीको नमुछे आमा दहीमा टीका गीत (पहिले कृष्णभक्त राईको स्वरमा थियो)

लोक दोहोरी क्षेत्रमा दसैंका गीतहरु ठूलो संख्यामा छन्, त्यसमध्ये अत्यन्तै रुचाइएको रेशम सापकोटाको गीत बाटो हेरे हुन्छ है घरमा 

सशस्त्र प्रहरी बलले तयार गरेको फौजीको दसैं गीत

गायक सुगम पोखरेलको दसैंसम्बन्धी गीत वर्षमा दिनमा जुन युट्युबमा एक करोड बढी भ्युज बनाउन सफल भएको छ।

प्रकाशित: Oct 21, 2020| 09:15 बुधबार, कात्तिक ५, २०७७
प्रतिक्रिया दिनुहोस्