आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

कोरोना संक्रमितको शव व्यवस्थापन चुनौतीपूर्ण बन्दै

सेनाको ‘बडी’ व्यवस्थापन गर्ने विशेष टोली टाँडीमा बस्ने हुँदा मृत्यु हुनेबित्तिकै शव व्यवस्थापनमा समस्या बन्दै गएको हो।
 |  बुधबार, कात्तिक ५, २०७७
nespernesper

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

बुधबार, कात्तिक ५, २०७७

विराटनगर– विराटनगर  महानगरपालिका–७ की एक वृद्धाको कोरोना संक्रमणका कारण आइतबार बिहान नोबेल अस्पताल विराटनगरमा मृत्यु भयो। 

triton college

परिवारका सदस्य अन्तिम संस्कारतर्फ लागे। तर, उनीहरुले मृत्यु भएको १२ घण्टाभन्दा बढी समयपछि मात्रै दाहसंस्कार गर्न पाए। 

विराटनगर–४ का ८५ वर्षीय वृद्धको पनि आइतबार बिहान १० बजेतिर नोबेल अस्पतालमै मृत्यु भयो। उनको शव घाटमा पुग्ने झन्डै १२ घण्टा लाग्यो। 

घाटमा घण्टौंसम्म बस्नुपर्दा आफन्त र परिवारका सदस्यलाई मृत्युको बज्रपातमाथि चिता रुँगाइको पीडा झन् थपिएको थियो। 

संक्रमितको मृत्यु भएमा परिवारका सदस्य, आफन्त कसैले पनि शव छुन र चलाउन पाउँदैन। त्यसका लागि सेनाको शव व्यवस्थापन टोलीलाई पर्खनुपर्ने हुन्छ। 

Metro Mart
vianet

सेनाकै टोलीले शव घाटसम्म लगेर चितामा हालिदिने गरेको छ। सेनालाई पर्खनुपर्दा मृत्यु भएको १२ घण्टासम्ममा पनि शव घाट पु¥याउन पाइँदैन। 

कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनको काम नेपाली सेनाको सूर्यदल गण थलाहाले गर्दै आएको छ। 

कोरोना संक्रमितको उपचार विराटनगरका अस्पतालमा हुने गरेको छ। 

होम आइसोलेसनमा पनि विराटनगरमै मृत्यु बढी भइरहेको छ। 

सेनाको ‘बडी’ व्यवस्थापन गर्ने विशेष टोली टाँडीमा बस्ने हुँदा मृत्यु हुनेबित्तिकै शव व्यवस्थापनमा समस्या बन्दै गएको हो। शव व्यवस्थापनमा खटिने नेपाली सेनाको क्वारेन्टिन विराटनगरबाट ८० किलोमिटर टाढा छ। 

कोरोना संक्रमणबाट मृत्युको जानकारी पाएर सेनाको टोली आउन तीन घण्टाभन्दा बढी लाग्ने गरेको छ। शव व्यवस्थापन गरिसकेपछि सो टोली क्वारेन्टिनमा बस्न टाँडीमा पुग्ने गरेको छ। 

सेनाले पहाडी क्षेत्रमा क्वारेन्टिन रहेको र त्यहाँबाट विराटनगर आइपुग्न धेरै समय लाग्ने गरेको जनाएको छ। 
थलाहा गणका गणपति महेश बाटाले शव व्यस्थापनमा खटिने टोलीलाई विराटनगरमै क्वारेन्टिनको व्यवस्था गर्न पहल भइरहेको बताए। 

उनले भने, ‘विराटनगर आसपासमा क्वारेन्टिनको व्यवस्था गर्न प्रदेश १ सरकारलाई आग्रह गरेका छौं।’ 

सेनाको टोली २४ सै घण्टा शव व्यवस्थापनमा खटिएको उनले बताए। 

संक्रमितको शव व्यवस्थापनमा प्रयोग गरिने गाडी पनि एउटा मात्रै रहेको उनले बताए। सेना टाढा हुँदा र गाडी पनि बिगं्रदा आइतबार विराटनगरमा संक्रमितको शव व्यवस्थापन गर्न आफन्त र परिवारका सदस्यले ठूलो तनाव बेहोर्नुपरेको हो।

मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले संक्रमितको शव व्यवस्थापनमा प्रयोग गरिँदै आएको गाडी बिग्रिएपछि समयमा शव उठ्न नसकेको बताए। 

उनले पनि सेनाको टोली टाढा हुँदा समस्या भएको बताए। निरौलाले एउटा मात्रै गाडी थप गाडीको व्यवस्था गर्न पहल भइरहेको जानकारी दिए। 
 

प्रकाशित: Oct 21, 2020| 09:05 बुधबार, कात्तिक ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।