आइतबार, जेठ १७, २०८३

कांग्रेस इटहरी सभापतिमा पौडेल विजयी

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सुनसरीको इटहरी उपमहानगरपालिकाको सभापतिमा हेमकर्ण पौडेल निर्वाचित भएका छन्।
 |  आइतबार, असोज १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १०, २०७८

विराटनगर– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सुनसरीको इटहरी उपमहानगरपालिकाको सभापतिमा हेमकर्ण पौडेल निर्वाचित भएका छन्। उनले संस्थापन पक्षका विकास केसीलाई पराजित गरे गर्दै जित हासिल गरेका हुन्। 

National life

पौडेलले २५३ मत ल्याए भने केसीले २११ मत ल्याए। १३औं महाधिवेशनमा पनि पौडेलले केसीलाई नै पराजित गरेका थिए। 

उपमहानगर उपसभापतिमा पौडेल प्यानलका कोविद कार्की र केसी प्यानलका बालकृष्ण विष्ट निर्वाचित भएका छन्। सचिवमा पनि केसी प्यानलका मन्दिप भट्टराई र पौडेल प्यानलका विक्रम घिमिरे निर्वाचित भएका छन्। 

यता उपाध्यक्षमा हेमकर्ण प्यानलका कोबिद कार्की र विकास प्यानलका बालकृष्ण बिष्ट विजयी भए। सचिवमा बिकास प्यानलको मन्दिप भट्टराई र हेमकर्ण प्यानलका विक्रम घिमिरे निर्वाचित भएका छन्। सहसचिवमा पौडेल प्यानलका ईश्वर तामाङ र केसी प्यानलकी मेनुका गिरी निर्वाचित भएकी छन्।

प्रकाशित: Sep 26, 2021| 07:10 आइतबार, असोज १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।