आइतबार, जेठ ३, २०८३

२४ घण्टामा २५ सय ६८ जना संक्रमित थपिए, १ लाख ९५ हजारले खोप लगाए

पछिल्लो २४ घण्टामा देशभर २ हजार ५६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
 |  आइतबार, साउन १७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन १७, २०७८

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर २ हजार ५६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

National life

१२ हजार ६३६ जनाको परीक्षण गर्दा यो संख्यामा संक्रमण पुष्टि भएको हो। आजको दिनमा देशभर ३१ हजार २९८ जना सक्रिय संक्रमित छन्।

२४ घण्टामा २ हजार २० जना निको भएका छन् भने १८ जनाको मृत्यु भएको छ। 

त्यसैगरी पछिल्लो २४ घण्टामा १ लाख ९५ हजार १३२ जनाको कोभिडविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

 

प्रकाशित: Aug 01, 2021| 16:38 आइतबार, साउन १७, २०७८
प्रतिक्रिया दिनुहोस्