बुधबार, फागुन २७, २०८२

मंगलबार कांग्रेस प्रवेश गर्दै कन्हैयाकुमार

कम्युनिस्ट पार्टी अफ इन्डिया (सीपीआई)का नेता कन्हैयाकुमारले कांग्रेस प्रवेशको तयारी गरेका छन्। विहारका कन्हैयाका साथै गुजरातका स्वतन्त्र सांसद जिग्नेश मेवानीले पनि कांग्रेस प्रवेशको तयारी गरेका हुन्।
 |  शनिबार, असोज ९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज ९, २०७८

नयाँ दिल्ली- कम्युनिस्ट पार्टी अफ इन्डिया (सीपीआई)का नेता कन्हैयाकुमारले कांग्रेस प्रवेशको तयारी गरेका छन्। विहारका कन्हैयाका साथै गुजरातका स्वतन्त्र सांसद जिग्नेश मेवानीले पनि कांग्रेस प्रवेशको तयारी गरेका हुन्। 

National life

मंगलबार (सेप्टेम्बर २८)मा कांग्रेस नेता भगत सिंहको जन्मदिनको अवसरमा कांग्रेसले यी दुई प्रभावशाली नेतालाई पार्टीमा भित्र्याउने तयारी गरेको भन्दै एनडीटीभीले समाचार प्रकाशन गरेको छ। 

जवाहरलाल नेहरू विश्वविद्यालयमा विद्यार्थी युनियनको अध्यक्ष भइसकेका कन्हैयाकुमारले अरु पनि वामपन्थी नेतालाई कांग्रेसमा लिएर आउने विश्वास गरिएको छ। सन् २०१९ को लोकसभा निर्वाचनमा सीपीआई उम्मेदवार भएर विहारको बेगुसराईबाट चुनाव लडेका कन्हैयाले भारतीय जनता पार्टीका गिरिराज सिंहसँग पराजित भएका थिए। उनी धाराप्रवाह वाक्कलाका कारण पनि भारतमा चर्चामा आइरहने नेता हुन्। 

कन्हैयाले गान्धी परिवारसँग कांग्रेस प्रवेश र त्यसपछिको जिम्मेवारीका विषयमा छलफल गरिसकेको भारतीय सञ्चारमाध्यममा समाचार प्रकाशन भएका थिए। 

गुजरातको भादगामबाट निर्वाचित मेवानी दलित समुदायको प्रतिनिधित्व गर्छन्। उनलाई पार्टीको प्रदेश तहको नेतृत्व दिने तयारी भएको बताइएको छ। यसअघि कांग्रेसले दलित समुदायबाट प्रतिनिधित्व गर्ने चरणजितसिंह चन्नीलाई गुजरातको मुख्यमन्त्री बनाएको थियो। 

Laxmi sunrise bank
kumari


जिग्नेश मेवानी। तस्बिर : विकिपिडिया

प्रकाशित: Sep 25, 2021| 22:02 शनिबार, असोज ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।