बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • राष्ट्रसंघ: चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै ६५ राष्ट्रको संयुक्त विज्ञप्ति

राष्ट्रसंघ: चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै ६५ राष्ट्रको संयुक्त विज्ञप्ति

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ४८ औं सेसनका क्रममा ६५ वटा राष्ट्रहरुले मानवअधिकारको नाममा चीनको आन्तरिक मामिलामा हस्तक्षेप भएको भन्दै विज्ञप्ति जारी गरेका छन्।
 |  शनिबार, असोज ९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज ९, २०७८

बेइजिङ- संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ४८ औं सेसनका क्रममा ६५ वटा राष्ट्रहरुले मानवअधिकारको नाममा चीनको आन्तरिक मामिलामा हस्तक्षेप भएको भन्दै विज्ञप्ति जारी गरेका छन्। 

National life

उक्त संयुक्त विज्ञप्तिमा सार्वभौम सत्ताको सम्मान गर्नुपर्ने, स्वतन्त्रता र भौगोलिक अखण्डतामा हस्तक्षेप गर्न नहुने र सार्वभौम मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नहुने अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत नियमको पालन गर्नुपर्नेमा जोड दिइएको चिनियाँ सरकारी सञ्‍चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ। 

हङकङ, सिन्जियाङ र तिब्बतसम्बन्धी मुद्दा चीनको आन्तरिक मामिला भएको र उक्त मामिलामा बाह्य शक्तिले हस्तक्षेप गर्न नहुने उल्लेख गरिएको छ। 

उक्त संयुक्त विज्ञप्तिमा चीनलाई हङकङ प्रशासनिक क्षेत्रमा 'एक मुलुक, दुई शासन प्रणाली'लाई पनि कार्यान्वयन गर्न आग्रह गरिएको छ। 

उनीहरुले मानवअधिकार र दोहोरो मापदण्ड अपनाएर कुनै पनि मुद्दालाई राजनीतिकरण गर्न नहुने पनि उल्लेख गरिएको छ। गल्फ कर्पोरेशन काउन्सिलका ६ वटा सदस्य राष्ट्रहरुले चीनको पोजिसनको समर्थन गरेको र अन्य २० भन्दा बढी मुलुकहरुले चीनको राष्ट्रिय धारणाप्रति समर्थन गर्दै करिब १०० मुलुकले चीनको वैधानिक पोजिसनको समर्थन गरेको ग्लोबल टाइम्सले दाबी गरेको छ। 

Laxmi sunrise bank
kumari


प्रकाशित: Sep 25, 2021| 22:15 शनिबार, असोज ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।