बुधबार, चैत ४, २०८२

कोरोना संक्रमणबाट विराटनगरमा थप चार जनाको मृत्यु 

मृत्यु हुनेमा तीन पुरुष र एक महिला छन्। तीमध्ये एक जना अस्पताल सञ्चालक हुन्। 
 |  सोमबार, कात्तिक ३, २०७७

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

सोमबार, कात्तिक ३, २०७७

विराटनगर– कोरोना भाइरस संक्रमणबाट विराटनगरमा थप चार जनाको मृत्यु भएको छ। 

National life

मृत्यु हुनेमा तीन पुरुष र एक महिला छन्। तीमध्ये एक जना अस्पताल सञ्चालक हुन्। 

दुई जनाको नोबेल शिक्षण अस्पतालमा, एक जनाको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा र एक जनाको न्युरो अस्पतालमा निधन भएको हो। 

मोरङको ग्रामथान गाउँपालिका–४ का ६६ वर्षीय वृद्धको नोबेल शिक्षण अस्पतालमा सोमबार बिहान मृत्यु 

भएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए। उनी कोभिड अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका थिए। 

Laxmi sunrise bank
kumari

निमोनिया भएर अस्पताल ल्याइएका उनको पीसीआर परीक्षण गराउँदा असोज २९ गते रिपोर्ट पोजेटिभ आएको थियो। रिपोर्ट पोजेटिभ आएपछि त्यही दिन वृद्धलाई आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको थियो। 

नोबेलमै विराटनगर महानगरपालिका–३ का ६६ वर्षीय वृद्ध पुरुषको आइतबार राति ११ बजेतिर मृत्यु भएको छ। कोरोनाको लक्षण देखिएपछि उनको पीसीआर परीक्षण गराउँदा असोज २७ गते रिपोर्ट पोजेटिभ आएको थियो । 

यस्तै कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत  विराटनगर–२ की ६० वर्षीया महिलाको बिहान ४ बजेतिर मृत्यु भएको हाे। 

केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार असोज १९ गते कोरोना पुष्टि भएपछि वृद्धलाई उपचारका लागि कोभिड अस्पताल भर्ना गरिएको थियो। 

विराटनगरकै न्युरो अस्पतालमा उपचाररत एक संक्रमित पुरुषको सोमबार बिहान मृत्यु भएको छ। न्युरोको कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएका मोरङको पथरीशनिश्चरे नगरपालिका–१ का ५३ वर्षीय पुरुषको बिहान ३ बजेतिर मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले जानकारी दिए। 

मृतक पथरीमा सञ्चालित मोरङ हस्पिटल प्रा.लि.का सञ्चालक हुन्। पथरीशनिश्चरे नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यका अनुसार मृतकलाई पीसीआर परीक्षण गराउँदा असोज २२ गते रिपोर्ट पोजेटिभ आएको थियो।  

रिपोर्ट पोजेटिभ आएर थप समस्या भएपछि २२ गते न्युरो अस्पतालमा भर्ना गरिएको थियो। 

आईसीयूमा उपचाररत उनको स्वास्थ्यमा धेरै समस्या थपिएपछि थप उपचारका लागि भेन्टिलेटरमा राख्नुपरेको आचार्यले बताए। 
 

प्रकाशित: Oct 19, 2020| 05:30 सोमबार, कात्तिक ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।