बिहीबार, माघ १, २०८२

चीनविरोधी गठबन्धन 'क्‍वाड' सम्मेलनमा किन लिइएन चीनको नाम?

अमेरिकी राष्ट्रपति जो बाइडेन, जापानी प्रधानमन्त्री योशोहिदे सुगा, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन शुक्रबार क्‍वाड सम्मेलनमा सहभागी भएका थिए। सम्मेलनअघि यस छलफलबाट चीनविरुद्ध कुनै विशेष रणनीति तय हुने अपेक्षा गरिएको थियो।
 |  शनिबार, असोज ९, २०७८

बीबीसी

बीबीसी

शनिबार, असोज ९, २०७८

न्युयोर्क- संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा क्रममा भएको साइडलाइन क्‍वाड सम्मेलनमा पहिलो पटक सदस्य राष्ट्रका प्रमुखहरु भौतिक रुपमा आमने-सामने भएका हुन्। क्‍वाड समूहमा अमेरिका, अस्ट्रेलिया, भारत र जापान सहभागी भएका छन्। 

National life

हिन्द-प्रशान्त क्षेत्रमा बढ्दो चिनियाँ प्रभावलाई रोक्‍नका लागि रणनीति तय यो समूह गठन गरिएको बताइएको छ। यस समूहलाई चीन, पाकिस्तान र रुसले भने चीन विरोधी गठबन्धनको संज्ञा दिएको छ। 

अमेरिकी राष्ट्रपति जो बाइडेन, जापानी प्रधानमन्त्री योशोहिदे सुगा, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन शुक्रबार क्‍वाड सम्मेलनमा सहभागी भएका थिए। सम्मेलनअघि यस छलफलबाट चीनविरुद्ध कुनै विशेष रणनीति तय हुने अपेक्षा गरिएको थियो। 

यद्पि सम्मेलनपछि ह्वाइट हाउसले जारी गरेको एक विज्ञप्तिमा भने चीनको नाम नै उल्लेख गरिएको छैन। उक्त विज्ञप्तिमा चीनको नाम नै उल्लेख नगरिएपछि हिन्द-प्रशान्त क्षेत्रका सुरक्षा विश्लेषक डेरेक जे ग्रासम्यानले ट्विट गर्दै भनेका छन्, 'सार्वजनिक गरिएको विज्ञप्तिमा चीनको नाम नै उल्लेख गरिएको छैन। मलाई लाग्छ कि चीनलाई उक्त समूह आफूविरुद्ध हो भन्‍ने कुराको विरोध गर्ने मौका नदिनका लागि चीनको नाम उल्लेख नगरिएको हुनसक्छ। तर, यो सबैलाई थाहा छ कि किन यो गठबन्धनको सम्मेलन भएको हो।'

अमेरिकी राष्ट्रपति जो बाइडेनले क्‍वाड लोकतान्त्रिक साझेदारीको समूह भएको बताएका छन्। उनले भने, 'यो लोकतान्त्रिक साझेदारीको समूह हो। यसले भविष्यमा एकै किसिमको सोच राख्‍नेहरुको गठबन्धन बन्‍ने छ। कोभिड-१९, जलवायु परिवर्तन र नयाँ प्रविधिले उत्पन्‍न गर्ने चुनौतीविरुद्ध लड्नका लागि हामी एकजुट भएका हौं।' 

Laxmi sunrise bank
kumari

क्‍वाड समूहका नेताको ६ महिना पहिलो भएको भर्चुअल सम्मेलनमा नेताहरुले इन्डो-प्यासिफिक क्षेत्रकको सुरक्षाका लागि प्रतिबद्धता व्यक्त गरेका थिए। राष्ट्रपति बाइडेनले उक्त सुरक्षा रणनीतिमा धेरै प्रगति भएको जानकारीसमेत गराएका छन्। 

अस्ट्रेलिया, जापान र भारतीय प्रधानमन्त्रीले पनि क्‍वाड एक लोकतान्त्रिक गठबन्धन भएको बताए। तर, कसैले पनि चीनको नाम भने लिएनन्। 

प्रकाशित: Sep 25, 2021| 21:50 शनिबार, असोज ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।