सोमबार, माघ ५, २०८२

आईपीएल : दिल्लीसँग राजस्थान रोयल्स ३३ रनले पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ शनिबार साँझ भएको खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ३३ रनले पराजित गरेको छ।
 |  शनिबार, असोज ९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज ९, २०७८

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ शनिबार साँझ भएको खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ३३ रनले पराजित गरेको छ। 

National life

दिल्लीले दिएको १५५ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२१ रन मात्र बनाउन सक्यो। राजस्थानका कप्तान सञ्जु स्यामसन ५३ बलमा ८ चौका र एक छक्कासहित ७० रनमा अविजित रहे पनि टोलीको हार टार्न सकेनन्। स्यामसनबाहेक अन्य कुनैपनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । 

ओपनर लियाम लिभिङस्टोन १, यशस्वी जैसवाल ५, डेविड मिलर ७, महिपाल लोमर १९, रियान पराग २ र राहुल टेवाटिया ९ रनमा आउट भए।

दिल्लीका एनरिच नोर्कियाले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । आवेश खान, रविचन्द्रन आश्विन, कागिसो रबाडा र अक्षर पटेलले एक एक विकेट लिए।

त्यसअघि आवुधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ६ बिकेट गुमाउँदै १५४ रन बनाएको थियो। दिल्लीका श्रेयस ऐरले ३२ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ४३ रनको योगदान दिए। शिम्रन हेटमायरले १६ बलमा ५ चौका सहित २८ रन जोड्दै आउट भए।

Laxmi sunrise bank
kumari

ओपनर पृथ्बी शाह १०, ऋषभ पन्त २४, शिखर धवन ८, ललित यादव १४ र अक्षर पटेलले १२ रनको योगदान गरे। राजस्थानका मुस्ताफिजुर रहमानले ४ ओभरमा २२ रन खर्चेर २ बिकेट लिए। चेतन सकारियाले २, कातिक त्यागी र राहुल टेवाटियाले एक एक बिकेट लिए।

राजस्थानलाई पराजित गरेसँगै दिल्ली अंकतालिका शीर्षस्थानमा उक्लिएको छ।


प्रकाशित: Sep 25, 2021| 20:29 शनिबार, असोज ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।