बिहीबार, असोज २२, २०८३

६ वर्षसम्म दसैँको टीका सम्झेका सन्तोषले ल्याए 'साउदी कतार' [भिडियो]

'विदेसिएका युवालाई घरमा भएका आफन्तले गर्ने आग्रह गीतमा समावेश गर्न खोजिएको छ। पारिवारिक वार्तालाई माध्यम बनाइएको छ,' गीतकार सुवेदीले भने, 'यो गीतको कथा भोग्ने नेपालीको संख्या धेरै छ। उनीहरूले गीतलाई 'एसिमिलेट' गर्ने विश्वास लिएको छु।'
 |  शनिबार, असोज ९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज ९, २०७८

काठमाडौं- दसैँमा घर जाने मन कुन परदेशीलाई हुँदैन होला? तर थुप्रै सालका दसैँमा टीका लगाउन र घर फर्कन नपाएका विदेसिएका युवाको भावनालाई समेट्दै सर्जक सन्तोष सुवेदीले 'साउदी कतार' बोलको दसैँ गीत ल्याएका छन्। 

धेरै नेपालीका घरको कथा र भावना गीतमा समावेश गरिएको सर्जक सुवेदीले बताए। 'विदेसिएका युवालाई घरमा भएका आफन्तले गर्ने आग्रह गीतमा समावेश गर्न खोजिएको छ। पारिवारिक वार्तालाई माध्यम बनाइएको छ,' गीतकार सुवेदीले भने, 'यो गीतको कथा भोग्ने नेपालीको संख्या धेरै छ। उनीहरूले गीतलाई 'एसिमिलेट' गर्ने विश्वास लिएको छु।'

परिवारका सदस्यको उपचारका लागि लिएको ऋण फिर्ता गर्न साहुले चार महिनाको छोटो समय दिएपछि पैसा कमाउनका लागि विदेश जान बाध्य हुन्छन् कुशल पटेल। गीतमा कुशलको श्रीमतीको भूमिका निभाएकी बबिता सुनारले अश्रुधाराका साथ कुशललाई टीका लगाइदिएर खाडी पठाउन बाध्य हुन्छिन्। 

विदेसिएका पति ६ वर्षसम्म पनि नफर्किएपछि दसैँछेकमा फोनमा भएको कुराकानीलाई गीतको विषयवस्तु बनाइएको छ। कुराकानीका क्रममा बबिता विलौना गर्छिन्। फर्कन आग्रह गर्छिन्। कुशल सम्झाउँछन्।

कुशल : 

'आउँछ चाड हुने र खानेलाई

के आउँछ खै परदेशमा हुनेलाई

साउदी कतार…

हे..! मेरी पियारी आँसु नझार' 

बबिता:

हे..! ६ वर्ष भो परदेशमा गको

सँगै दसैँ मनाउन नपाएको 

रुन्छु धर्केर…

ए मेरो पियारा आउनू फर्केर...

गीतका दृश्यमा पतिपत्नी सँगै हुँदाका रमाइला पल पनि स्मरण गरिएका छन्। गाउँमा दुवै जना घाँस काट्न गएको, वस्तुबाख्रालाई एक जनाले घाँस दिने र अर्को जनाले गाइवस्तुको टाट्नोमा राखिदिएको दृश्यले पतिपत्निको प्रेम झल्काउँछ। उता खाडीमा गएका कुशलले ऋण सम्झिरहन्छन्, साहुको चेतावनीले उनलाई झस्काइरहन्छ, परिवार पनि सम्झन्छन्। उनलाई घर जान मन त हुन्छ नै, तैपनि आफैँले आफैँलाई सम्झाएका हुन्छन्। 

कुशलले सम्झाउने लामै प्रयास गर्दा पनि बबिताले घर फर्कन आग्रह गर्न नछोडेपछि अर्को साल घर फर्कने वाचा गर्छन्। तैपनि कोरोना महामारीको कुरा निकाल्छिन् बबिता। 

यही विषयलाई समावेश गरी सर्जक सन्तोष सुवेदीले दसैँलक्षित गरी ल्याएको लोकदोहोरी गीत ‘साउदी कतार’शनिबारदेखि सार्वजनिक भएको हो। भगिरथ चलाउने र आशा बिसीको स्वरमा सार्वजनिक गीतमा लय पनि गीतकार सुवेदीकै छ। 

काठमाडौं डिजिटल स्टुडियोमार्फत् बजारमा आएको गीतको संगीत संयोजन माधव भण्डारीले गरेका छन्। गीतको म्युजिक भिडियो निर्देशन सफल फिल्म्सका पुंके सुरजले गरेका हुन्। निर्देशक स्वयंको छायांकन रहेको म्युजिक भिडियोको सम्पादन सुनिल विकले गरेका हुन्। 

भिडियो

प्रकाशित: Sep 25, 2021| 20:21 शनिबार, असोज ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।