सोमबार, माघ ५, २०८२

जिससको गोलमा चेल्सीविरुद्ध म्यानचेस्टर सिटीको जित

इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तगर्त शनिबार साँझ सम्पन्‍न खेलमा उपाधि दाबेदार चेल्सीलाई डिफेन्डिङ् च्याम्पियन म्यानचेस्टर सिटीले हराएको छ।
 |  शनिबार, असोज ९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज ९, २०७८

काठमाडौं– इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तगर्त शनिबार साँझ सम्पन्‍न खेलमा उपाधि दाबेदार चेल्सीलाई डिफेन्डिङ् च्याम्पियन म्यानचेस्टर सिटीले हराएको छ।

National life

चेल्सीको घरेलु मैदान स्ट्याम्फर्ड ब्रिजमा सम्पन्‍न खेलमा उसले पाहुनो टिमसँग १–० गोलको हार बेहोरेको छ। सिटीको जितका लागि ब्राजिलियन खेलाडी ग्याब्रियल जिससले निर्णायक गोल गरेका थिए।

उनले जोआ क्यान्सेलोले दिएको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए। यता ६० औं मिनेटमा एनगोलो कान्टेका ठाउँमा मैदान प्रवेश गरेका केइ हवाटर्जको पासमा चेल्सीका रोमोलु लुकाकूले गोल गरे पनि त्यो गोललाई रेफ्रीले मान्यता दिएनन्।

खेलको ६५ औं मिनेटमा सिटीको लागि खतरा हुने ठाउँमा चेल्सीले पेनाल्ट पाए पनि उसले त्यसको सदुपयोग गर्न सकेन। चेल्सीले खेल अवधिभर विपक्षीको पोस्टतर्फ चार प्रहार गरेका पनि पोस्टको दिशामा कुनै प्रहार गर्न सकेन। यता सिटीले खेल अवधिभर चेल्सीको पोस्टतर्फ १५ प्रहार गर्दै चार पटक सही दिशामा प्रहार गरेको थियो।

एकबाहेकका सबै प्रहारलाई चेल्सीका डिफेन्डर र गोलकिरपरले असफल पारिदिए। शनिबारको जितसँगै म्यानचेस्टर सिटी ईपीएल लिग तालिकाको दोस्रो स्थानमा पुगेको छ भने यसअघि शीर्षस्थानमा रहेको चेल्सी तेस्रो स्थानमा झरेको छ।

Laxmi sunrise bank
kumari

प्रिमियर लिगकै अर्को खेलमा एस्टन भिल्लासँग पराजित म्यानचेस्टर युनाइटेड १४ अंकका साथ शीर्षस्थानमा छ। चेल्सी र सिटीको समान १३–१३ अंक छ।

 

प्रकाशित: Sep 25, 2021| 19:35 शनिबार, असोज ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।