सोमबार, असार २२, २०८३

म्यानचेस्टर युनाइटेड आफ्नै मैदानमा भिल्लासँग पराजित

इंग्लिस प्रिमियर लिग -ईपीएल_ अन्तग{t शनिबार साँझ सम्पन्न खेलमा उपाधि दावेदार म्यानचेस्टर युनाइटेड एस्टन भिल्लासँग पराजित भएको छ।
 |  शनिबार, असोज ९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज ९, २०७८

काठमाडौं– इंग्लिस प्रिमियर लिग -ईपीएल_ अन्तग{t शनिबार साँझ सम्पन्न खेलमा उपाधि दावेदार म्यानचेस्टर युनाइटेड एस्टन भिल्लासँग पराजित भएको छ। उसले घरेलु मैदानमा पहुनो टिम एस्टन भिल्लासँग १–० गोलको हार बेहोरेको हो।

युनाइटेडको ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा पाहुना टिम भिल्लाका कोर्थने ह्युसेले इन्ज्युरी समयमा गोल गरेपछि युनाइटेड पराजित भयो।

यो हारसँगै युनाइटेडले शीर्षस्थानमा पुग्ने अवसर गुमाएको छ। ऊ अहिले  चौथो स्थानमा झरेको छ।

यता अर्को खेलमा चेल्सीले सिटीसँग हार बेहोरेपछि अहिले चेल्सी पनि तेस्रो स्थानमा झरेको छ। यसअघि तेस्रो स्थानमा रहेको लिभरपुलले शीर्षस्थानमा पुग्ने अवसर पाएको छ। शीर्षस्थानमा रहेको चेल्सीको १३ अंक थियो। शनिबारको खेलमा चेल्सीविरुद्ध जित निकालेको म्यानचेस्टर सिटीले पनि तीन अंक जोड्दै १३ अंक बनाएको छ।

आजको खेलसँगै शीर्ष चारमा रहेको लिभरपुल, सिटी, चेल्सी र युनाइटेडको समान १३–१३ अंक छ। यि टिम क्रमशः  ईपीएल तालिकाको पहिलो, दोस्रो तेस्रो र चौथो स्थानमा छ।

प्रकाशित: Sep 25, 2021| 19:30 शनिबार, असोज ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।