काठमाडौं– इंग्लिस प्रिमियर लिग -ईपीएल_ अन्तग{t शनिबार साँझ सम्पन्न खेलमा उपाधि दावेदार म्यानचेस्टर युनाइटेड एस्टन भिल्लासँग पराजित भएको छ। उसले घरेलु मैदानमा पहुनो टिम एस्टन भिल्लासँग १–० गोलको हार बेहोरेको हो।
युनाइटेडको ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा पाहुना टिम भिल्लाका कोर्थने ह्युसेले इन्ज्युरी समयमा गोल गरेपछि युनाइटेड पराजित भयो।
यो हारसँगै युनाइटेडले शीर्षस्थानमा पुग्ने अवसर गुमाएको छ। ऊ अहिले चौथो स्थानमा झरेको छ।
यता अर्को खेलमा चेल्सीले सिटीसँग हार बेहोरेपछि अहिले चेल्सी पनि तेस्रो स्थानमा झरेको छ। यसअघि तेस्रो स्थानमा रहेको लिभरपुलले शीर्षस्थानमा पुग्ने अवसर पाएको छ। शीर्षस्थानमा रहेको चेल्सीको १३ अंक थियो। शनिबारको खेलमा चेल्सीविरुद्ध जित निकालेको म्यानचेस्टर सिटीले पनि तीन अंक जोड्दै १३ अंक बनाएको छ।
आजको खेलसँगै शीर्ष चारमा रहेको लिभरपुल, सिटी, चेल्सी र युनाइटेडको समान १३–१३ अंक छ। यि टिम क्रमशः ईपीएल तालिकाको पहिलो, दोस्रो तेस्रो र चौथो स्थानमा छ।