बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अफगानिस्तानलाई सहयोग गर्न राष्ट्रसङ्घसँग पाकिस्तानको आग्रह

अफगानिस्तानलाई सहयोग गर्न राष्ट्रसङ्घसँग पाकिस्तानको आग्रह

अफगानिस्तानलाई सहयोग गर्न पाकिस्तानले संयुक्त राष्ट्रसङ्घलाई आग्रह गरेको छ। राष्ट्रसङ्घको ७६औँ महासभालाई सम्बोधन गर्दै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शनिबार यस्तो आग्रह गरेका हुन्।
 |  शनिबार, असोज ९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज ९, २०७८

इस्लामावाद- अफगानिस्तानलाई सहयोग गर्न पाकिस्तानले संयुक्त राष्ट्रसङ्घलाई आग्रह गरेको छ। राष्ट्रसङ्घको ७६औँ महासभालाई सम्बोधन गर्दै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शनिबार यस्तो आग्रह गरेका हुन्। 

National life

अफगानिस्तनमा तालिवान विद्रोहीले सत्ता कब्जा गरेर सरकार बनाएपछि विभिन्न सङ्कट उत्पन्न भएपनि धेरै देशले सहयोग नगरेकाले राष्ट्रसङ्घले सबैलाई परिचालन गर्नुपर्नेमा खानले जोड दिएका थिए। 

प्रधानमन्त्री खानले विषेशगरी आर्थिक सहयोग अफगानिस्तानका लागि अत्यावश्यक भइसकेकाले राष्ट्रसङ्घले अन्तरराष्ट्रिय समुदायलाई परिचालन गर्नुपर्ने धारणा राखेका थिए।  

'अफगानिस्तानलाई सहयोग गर्न विश्वसँग समय छैन, धेरै ढिला भइसकेको छ, त्यहाँ गम्भीर सङ्कट उत्पन्न भएको छ, म सबैको ध्यानाकर्षण गराउन चाहन्छु,' प्रधानमन्त्री खानले भने।

मानवीय सहायत उपलब्ध गराउन अझै ढिला गरेमा विश्वलाई नै लज्जित गराउनेगरी नराम्रो क्षति हुने उनको भनाइ छ। उनको सम्बोधनपछि पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयद्वारा जारी वक्तव्यमा अफगानिस्तान र अफगानी जनताका बारेमा बेवास्ता गर्न नहुने उल्लेख छ। 

Laxmi sunrise bank
kumari

'हामीले उनीहरुलाई सहयोग गर्न हेलचक्रयाई गर्यौँ भने अहिले नै आधा मानिस गरिवीको रेखा मुनी छन, अर्को बर्षसम्ममा ९० प्रतिशत मानिस गरिब हुन्छन,' प्रधानमन्त्री खानलाई उद्धृत गर्दै वक्तव्यमा उल्लेखग गरिएको छ। 

अहिले पनि भोकमरी सुरु भइरहेको र तत्काल सहयोग नगरेमा भोकमरीको महामारी नै चल्ने भन्दै उनले चिन्ता व्यक्त गरेका थिए। अफगानिस्तानको अवस्थाबारे छिमेकी र विश्व समुदायले कुनै चासो नदिएकोमो आफूलाई दुखित र अचम्मित बनाएको उनको भनाइ छ। 

अफगानिस्तानमा उत्पन्न सङ्कट छिमेकी देशका रुपमा पाकिस्तानको चासो र चिन्ताको मात्रै नभई विश्वकै चासो र चिन्ताको विषय भएको भन्दै उनले सबैको ध्यानाकर्षण गराएका थिए। 

'सैन्य शक्तिमार्फत समस्याको समाधान गर्न खोजियो, त्यो गलत थियो र असफल पनि भयो, अब पनि त्यस्तो गल्ती नहोस्, शान्तिपूर्णरुपमा समस्याको समाधान खोजौँ, सङ्कट निवारण गरौँ, अत्यावश्यक सहयोग उपलब्ध गराउन ढिला नगरौँ,' उनले भनेका थिए।


प्रकाशित: Sep 25, 2021| 19:13 शनिबार, असोज ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।