मंगलबार, पुस १, २०८२

जनकपुरधाममा दसैंको रमझम

हिन्दू धर्मावलम्वीहरूको महान पर्व दसैं आजबाट सुरु भएको छ। दसैंको पहिलो दिन जनकपुरधामको राजदेवी मन्दिरसहित गाउँगाउँका शक्तिपीठहरुमा घटस्थापना गरिँदैछ।
 |  शनिबार, कात्तिक १, २०७७

जयन्त ठाकुर

जयन्त ठाकुर

शनिबार, कात्तिक १, २०७७

जनकपुरधाम- हिन्दू धर्मावलम्वीहरूको महान पर्व दसैं आजबाट सुरु भएको छ। दसैंको पहिलो दिन जनकपुरधामको राजदेवी मन्दिरसहित गाउँगाउँका शक्तिपीठहरुमा घटस्थापना गरिँदैछ।

National life

जनकपुरधामको प्रमुुख शक्तिपीठ राजदेवी मन्दिर, बौधीमाई मन्दिर, मुरलली चोकस्थित दुर्गा मन्दिर, रामानन्द चोक दसैंका लागि सिंगारिएका छन्। 

कोरोना संक्रमणको त्रासका कारण मन्दिर पुग्न छाडेका भक्तजन दसैं सुरु भएलगत्तै मन्दिरमा पूजाका लागि उपस्थित भएका छन्। 

राजदेवी मन्दिरमा बिहानैदेखि भक्तजनहरू पूजा अराधनाका लागि पुगेका हुन् । यद्यपि पछिल्लो वर्ष झैँ ययस वर्ष भीड भने देखिएको छैन। 

Laxmi sunrise bank
kumari

यता जनकपुरधामको राजदेवी मन्दिरमा नवरात्री पूजाका लागि सम्पूर्ण तयारी पूरा भएको छ। जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिर दुलही झै सिँगारिएको छ।

प्रत्येक वर्ष दसैंमा हजारौंको संख्यामा भीड हुने राजदेवी मन्दिरमा सजावटको काम पूरा भएको महाविर युवा कमिटीका अध्यक्ष सन्तोष कुमार साहले बताए।

कोरोना महामारीका बीच पनि आएको  दसैंमा सरसजावट तथा पूजामा कुनै किसिमको कमी नआउने अध्यक्ष साहले दावी गरे। उनले कोरोना महामारीका कारण स्थानीय प्रशासनले भीडभाड नगर्न निर्देशन जारी गरेकाले स्वास्थ्य सुरक्षाको ख्याल गरी पूजा अर्चनाका लागि व्यवस्था मिलाइएको बताए।

राजदेवी मन्दिरको सजावटदेखि पुजा तथा त्यसको व्यवस्थापनका लागि यस वर्ष २० देखि २५ लाखसम्म खर्च हुने अनुमान महावीर युवा कमिटीका अध्यक्ष साहको छ। 

यस वर्ष आम्दानी ठप्प रहेकोले दसैंमा खर्च व्यवस्थापन गर्न कठिनाइ भइरहेको उनले बताए।

दसैंमा महावीर युवा कमिटीको मुख्य अर्थ आर्जनको श्रोत बोका बली रहँदै आएको छ। राजदेवी मन्दिरमा अष्टमीको एक रातमा मात्रै १४ हजारभन्दा बढी बोका बली हुँदै आएको थियो। 

तर स्थानीय प्रशासनले बोका बलीमा यस वर्ष कोरोना संक्रमणको डरका कारण रोक लगाएकाले खर्च उठाउन  कठिनाइ हुने उनको भनाइ छ। 

उनले भने, ‘पहिला बलिप्रदान हुँदा त्यसबाट पैसा आउँथ्यो र हाम्रो कमिटीमा पनि अधिकांश व्यापारी रहेकाले आफैबाट खर्चको व्यवस्थापन गर्थे। तर यसपटक कोरोना महामारीका कारण व्यवसायीहरू आफै समस्यामा छन्, बलिप्रदान समेत नहुने भएकाले यस वर्ष स्थानीय र प्रदेश सरकारसँग सहयोग माग्छौँ।’

भीड बढे मन्दिर बन्द गरिने
जनकपुरधामको राजदेवी मन्दिरमा प्रत्येक वर्ष नवरात्रीको समयमा दैनिक हजारौँको भीड हुने गथ्र्यो।  

दर्शनार्थीलाई व्यवस्थापन गर्न समेत कठिनाइ हुन्थ्यो।  तर यस पटक सीमित संख्यामा भक्तजनलाई पूजाअर्चनाका लागि भगवती राजदेवीकोे दर्शन गर्न आउन भनिएको छ। 

प्रत्येक वर्ष राजदेवी मन्दिरमा सप्तमीदेखि अष्टमी दिनसम्म प्रसाद चढाउनेको घुइँचो हुने चलन छ। तर यस पटक भीड कम गर्न घटस्थापनादेखि सप्तमीसम्म प्रसाद चढाउन सकिने व्यवस्था मिलाइएको छ। 

अष्टमीदेखि भीड बढेमा मन्दिर व्यवस्थापनले थप निर्णय गर्ने अध्यक्ष साहले बताए। उनले भने, ‘भीड बढी भएन् भने भक्तजनका लागि सबैदिन मन्दिर खुल्ला रह्ने छ तर भीड बढ्यो भने अष्टमीदेखि मन्दिर बन्द गर्छौँ।’

 

प्रकाशित: Oct 17, 2020| 04:39 शनिबार, कात्तिक १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।