मंगलबार, मंसिर ११, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • नगर अधिवेशनमा आएनन् गृहमन्त्री खाँण, रुपन्देहीका ५ स्थानीय तहमा सर्वसम्मत

Siddartha premir insuranceSiddartha premir insurance

नगर अधिवेशनमा आएनन् गृहमन्त्री खाँण, रुपन्देहीका ५ स्थानीय तहमा सर्वसम्मत

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँण पार्टीको गाउँ-नगर तहको अधिवेशनमा सहभागी भएनन्।
 |  शनिबार, असोज ९, २०७८
nespernesper

विनोद परियार

विनोद परियार

शनिबार, असोज ९, २०७८

बुटवल- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँण पार्टीको गाउँ-नगर तहको अधिवेशनमा सहभागी भएनन्। रुपन्देहीको तिलोत्तमा नगरपालिका निवासी खाँणले गृहपालिकाको अधिवेशनको मतदान प्रक्रियामा अनुपस्थित भएका हुन्। नेपाली कांग्रेसका नेता कार्यकर्ताले अभिभावक मान्‍ने नेता नै पालिकाको अधिवेशनमा नआएपछि चिन्ता व्यक्त गरेका छन्। 

triton college

तिलोत्तमामा ३८८ मतदातामध्ये ३८३ मत खसेको निर्वाचन अधिकृत ओमप्रकाश अर्यालले जानकारी दिए। तिलोत्तमा नगरपालिकामा हरिलाल पाण्डे, नरायाण न्यौपाने र हरि तिवारी चुनावी प्रतिस्पर्धामा उत्रेका छन्। पाण्डे देउवा, न्यौपाने पौडेल पक्षका हुन भने तिवारीले आफूलाई साझा उम्मेद्वार भन्‍ने गरेका छन्। रुपन्देहीसहित समग्र लुम्बिनीको कांग्रेस राजनीतिमा निर्णायक भूमिका निर्वाह गर्ने खाँणको अनुपस्थितीलाई लिएर कांग्रेस वृत्तमै आलोचना भइरहेको छ।

खाँण गृहमन्त्री भएदेखि गृहजिल्ला रुपन्देही आएका छैनन्। संघीय सांसद पदेन प्रतिनिधि हुने भएकाले सबै तहमा मतदान दिने अधिकार हुने तर, भोट दिन्‍न भन्ने कुरा व्यक्तिको अधिकारको विषय भएको जिल्ला निर्वाचन अधिकृत भेषराज घिमिरेले बताए। 

रुपन्देहीका ५ पालिकामा सर्वसम्मत 

रुपन्देहीका पाँचवटा स्थानीय तहमा सर्वसम्म नेतृत्व चयन भएको छ भने एक पालिकाको मतदानको नतिजा सार्वजनिक भएको छ ।  

Metro Mart
vianet

नेपाली कांग्रेस जिल्ला निर्वाचन अधिकृत भेषराज घिमिरेका अनुसार रुपन्देहीका १६ स्थानीय तहमध्ये गैडहवा गाउँपालिका, कोटहीमाई गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, मर्चवारी गाउँपालिका र ओमसतीया गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो।

मतदान अधिकृतहरुका अनुसार गैडहवा गाउँपालिकाको सभापतिमा सत्यनारायण पथिक, कोटहीमाई गाउँपालिकाको सभापतिमा अवधराम यादव, लुम्बिनी सांस्कृतिक नगरपालिकाको सभापतिमा मोह्मद सहित खाँ, मर्चवारी गाउँपालिकाको सभापतिमा जनार्दन यादव र ओमसतीया गाउँपालिकाको सभापतिमा भगवानप्रसाद चौधरी सहित सबै टिम निर्विरोध निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ। 

गत भदौ १८ गते वडाधिवेशन भएको रुपन्देही जिल्लाका १६ वटा स्थानीय तहमा महाधिवेशनको कार्यतालिका अनुसार शनिबार पालिका अधिवेशन भएको हो।

त्यस्तै रुपन्देही जिल्लाको रोहिणी गाउँपालिकाको सभापतिमा तारकनाथ योगी निर्वाचित भएका छन्। शनिबार नै सम्पन्‍न अधिवेशनबाट अर्का उम्मेदवार इकवल खाँलाई १६ मतले पराजित गर्दै योगी निर्वाचित भएका हुन्।  रोहीणी गाउँपालिकाका अन्य पदमा भने सर्वसम्मत भएको थियो।

कुल १२५ क्षेत्रीय प्रतिनीधि रहेको रोहिणीमा सभापतिमा निर्वाचित योगीले ७० मत प्राप्त गरेका थिए भने अर्का उम्मेदवार खाँले ५४ मत प्राप्त गरेको मतदान अधिकृत टिकाराम शर्माले जानकारी दिए । 

बुटवलमा मतदान सकियो 

बुटवलमा भएको नगरको मतदानमा ५४५ मत खसेको छ। ५६९ मतदाता रहेकोमा मतदानको समय अवधिभरमा ५४५ मत खसेको निर्वाचन समितिले जनाएको छ। 

महाधिवेशनको तालिका अनुसार गत भदौ १८ गते वडा अधिवेशन भएका पालिकाहरुमा अधिवेशन अन्तरगत नया नेतृत्व चयनका लागि मतदान भएको हो। 

बुटवल उपमहानगरपालिकाको मतदान सिद्धेश्वरी माध्यमिक विद्यालयमा भएको थियो। मतदान दिउँसो साढे २: १७ बजेबाट सुरु भएको हो। केहीबेरमा मतगणना सुरू गरिने प्रमुख निर्वाचन अधिकृत जीवनारायण अधिकारीले बताए। 

प्रकाशित: Sep 25, 2021| 18:44 शनिबार, असोज ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।