आइतबार, असार २८, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • मुम्बई शीर्ष स्थानको लक्ष्यमा कोलकातालाई चौथो स्थानको चिन्ता

मुम्बई शीर्ष स्थानको लक्ष्यमा कोलकातालाई चौथो स्थानको चिन्ता

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज राति पौने ८ बजेबाट अबुधाबी रंगशालामा ३२ औँ खेल हुँदैछ।
 |  शुक्रबार, असोज ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ३०, २०७७

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज राति पौने ८ बजेबाट अबुधाबी रंगशालामा ३२ औँ खेल हुँदैछ। आजको खेलमा उपाधि दावेदार मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्ससँग शीर्षस्थानका लागि प्रतिस्पर्धा गर्नेछ।

मुम्बईका लागि आज लगातार पाँचौ जित निकाल्ने अवसर पनि हुनेछ। आजको खेलबाट कोलकाता पनि लिगमा चौथो स्थान सुरक्षित गर्नका लागि थप बलियो हुने प्रयत्न गर्नेछ। 

साथै उसले पछिल्लो खेलमा बैंगलोरको हारबाट माथि उठ्न ध्यान केन्द्रित गर्नेछ।

मुम्बई र कोलकाताबीचका पछिल्ला दश खेलको कुरा गर्ने हो भने ९ खेलमा मुम्बईले कोलकातालाई हाबी हुन दिएको छैन। जसकारण कोलकाताले एक खेल मात्र जितेको छ। यही जिजनको पाँचौ खेलमा पनि मुम्बईले कोलकाताविरुद्ध ४९ रनको जित निकालेको थियो।

त्यस्तै, हेड टू हेड हेर्ने हो भने पनि २६ खेलमा २० पटक मुम्बईले नै जितेको छ। यस्तोमा ६ पटक मात्र मुम्बईलाई हराएको कलकत्ताले आज ती सबै खेलको बदला लिने लक्ष्यका साथ मैदान उत्रने छ।

तर दोस्रो स्थानको मुम्बईलाई हराउन त्यति सजिलो छैन। किनभने मुम्बई दिल्लीलाई पछि पार्दै आफू शीर्षस्थानमा चढ्न चाहन्छ।

मुम्बईका कप्तान रोहित शर्मा र सूर्यकुमार यादवका साथै जसप्रित बुमराह र ट्रेन्ट बोल्टजस्ता बलर पनि उत्कृष्ट फर्ममा छन्।

यसकारण कोलकातालाई मुम्बईको ठूलो चुनौति छ। मुम्बई चार सिजनको विजेतासमेत हो भने कोलकत्ताले दुई पटक उपाधि जितेको थियो।

आज अबुधाबीको आकाश सफा रहनेछ भने तापक्रम २९ देखि ३८ डिग्री आसपास रहनेछ।

सम्भावित प्लेइङ सेट

मुम्बई : रोहित शर्मा (कप्तान), क्विन्टन डिकक, सूर्यकुमार यादव, ईशान किसन, क्रुणल पाण्डे, हार्दिक पाण्ड्या, किरोन पोलार्ड, जेम्स पटिन्सन्, राहुल चाहर, ट्रेन्ट बोल्ट र जसप्रित बुमराह

कोलकाता : दिनेश कार्तिक (कप्तान), राहुल त्रिपाठी, शुमभमन गिल, नितिश राणा, इयोन मोर्गन, टम बेन्टन, आन्द्रे रसेल, पेट कमिन्स, कमलेश नगरकोटी, प्रसिद्ध कृष्णा र वरुण चक्रवर्ती

प्रकाशित: Oct 16, 2020| 11:15 शुक्रबार, असोज ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।