काठमाडौं– इन्डियन प्रिमियर लिग आईपीएलको आधा सिजन सकिएपछि कोलकाता नाइट राइडर्सका कप्तान दिनेश कार्तिकले राजीनामा दिएका छन्।
उनले ब्याटिङ स्किलमा केन्द्रित हुन भन्दै राजीनामा दिएका हुन्।
क्लबले एक सूचना जारी गर्दै कार्तिकले राजीनामा दिएको जनाएको छ।
केकेआरका सीईओ विन्की माइसोरले भने, ‘दिनेशजस्तो कप्तान पाउनु हाम्रा लागि धेरै राम्रो कुरा थियो। उनले पहिलो टिमलाई यहाँसम्म ल्याइपुर्याउन धेरै कसरत गरे।’
खेलाडीका लागि यस्तो निर्णय लिनु धेरै प्रेरणादायी रहेको उनको भनाइ छ। उनले भने, ‘हामी उनको निर्णय देखेर आश्चर्यमा परेका छौं। उनको निर्णयप्रति सम्मान गर्दछौं।’
अब फ्रेन्चाइज क्लबका उपकप्तान रहेका ब्रिटिस खेलाडी इयोन मोर्गन कप्तान हुनेछन्। उनले इङ्ल्यान्डलाई २०१९ को एक दिवसीय क्रिकेट उपाधि दिलाएका थिए।
आज कोलकत्ताले मुम्बई इन्डियन्ससँग अबुधाबीमा प्रतिस्पर्धा गर्दै छ। कोलकाता ८ अंकका साथ आईपीएलको अंकतालिकामा चौथो स्थानमा छ।