आइतबार, असार २८, २०८३

अनलाइन विश्व कराते च्याम्पियनसिपमा सुवासलाई रजत

नेपाली कराते खेलाडी सुवास घतानेले अनलाइन विश्व कराते (काता) च्याम्पियनसिपमा रजत जितेका छन्।
 |  शुक्रबार, असोज ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ३०, २०७७

काठमाडौं– नेपाली कराते खेलाडी सुवास घतानेले अनलाइन विश्व कराते (काता) च्याम्पियनसिपमा रजत जितेका छन्।

सुवासले एकल कातामा रजत जितेको नेपाल सोतोकान कराते संघका उपाध्यक्ष एवं प्रमुख प्रशिक्षक निवासगोपाल वैद्यले बताए।

त्यही स्पर्धामा पोर्चुगलका खेलाडीले स्वर्ण तथा इटालीका खेलाडीले कास्य जिते। एपीएफका सुवासले त्यसअघि सम्पन्न नेपाल ओपन अनलाइन काता च्याम्पियनसिपमा स्वर्ण जितेका थिए। उनले रविन्द्र मानन्धरलाई पछि पार्दै स्वर्ण हात पारेका हुन्।

सोतोकान करातेका सुवासले सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण तथा आठौं राष्ट्रिय खेलकुदमा रजत जितेका थिए। करातेमा काता र कुमुते गरि दुई विधा हुन्छन्। उनले दुवै राष्ट्रिय खेलकुदमा कुमुते विधामा प्रतिस्पर्धा गरेका थिए।

सातौंमा ७५ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका सुवासले आठौंमा ६७ केजीमा खेलेका थिए।
 

प्रकाशित: Oct 16, 2020| 07:32 शुक्रबार, असोज ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।