आइतबार, जेठ ३, २०८३

एपेक्स एकेडेमीले कोरोना प्रभावित ४९ विद्यार्थीलाई छात्रवृत्ति दिने

एपेक्स एजुकेशनल एकेडेमीले कारोनाबाट प्रभावित सात प्रदेशका ४९ जना विद्यार्थीलाई चिकित्सा तथा इन्जिनियरिङ तयारी कक्षामा छात्रवृत्ति उपलब्ध गराउने भएको छ।
 |  शनिबार, असोज ९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज ९, २०७८

काठमाडौं- एपेक्स एजुकेशनल एकेडेमीले कारोनाबाट प्रभावित सात प्रदेशका ४९ जना विद्यार्थीलाई चिकित्सा तथा इन्जिनियरिङ तयारी कक्षामा छात्रवृत्ति उपलब्ध गराउने भएको छ। 

National life

एकेडेमीले शनिबार छात्रवृत्ति कार्यक्रमबारे जानकारी दिदैँ २३ औं वार्षिकोत्सवको अवसरमा चिकित्सा शिक्षा तथा इन्जिनियररिङ तर्फको पूर्व तयारी कक्षामा सहभागी हुने कोरोना प्रभावित तथा नेपाल सरकारले निर्धारण गरेको आरक्षित समूहलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत छात्रवृत्ति उपलब्ध गराउने जनाएको हो।

एकेडेमीका अध्यक्ष हरीप्रसाद पौडेलले भने, ‘हामीले कलेजका टपरलाई मात्र प्राथमिकता नदिएर राज्यले दिएको कोटा अनुसार छात्रवृत्ति उपलब्ध गराउने छौँ। विद्यार्थीलाई सरकारको मापदण्ड अनुसार नै विद्यार्थी छनोट गरेर छात्रवृत्ति उपलब्ध गराउने छौं।’

उनले यो संस्थाले समाजिक उत्तरदायित्व स्वरुप यो काम गरेको स्पष्ट पारे। कोभिड प्रभावित विद्यार्थी मध्यबाट छात्रवृत्तिका लागि प्रत्येक प्रदेशबाट ७ जना गरी जम्मा ४९ जनालाई पूर्ण नि:शुल्क छात्रवृत्ति प्रदान गर्ने एकेडेमीले जनाएको छ। यसका साथै अन्य सम्पूर्ण अध्यापनरत विद्यार्थीलाई यो शत्रको लागि ५० प्रतिशत छुटको व्यवस्था गर्ने भएको हो ।

यस छात्रवृत्ति कार्यक्रममा सहभागी हुन योग्य र इच्छुक विद्यार्थीहरुले यस संस्थामा भौतिक रुपमा उपस्थित भएर वा अनलाइनमार्फत कात्तिक १० गतेभित्रमा आफनो नाम दर्ता गराइ सक्नुपर्ने एकेडेमीले जनाएको छ। कोभिडि छात्रवृत्तिका लागि आवेदकमध्येबाट कात्तिक १३ गते परीक्षा सञ्चालन गर्ने जनाएको छ।

प्रकाशित: Sep 25, 2021| 18:23 शनिबार, असोज ९, २०७८
प्रतिक्रिया दिनुहोस्