आइतबार, असार २८, २०८३

बैंगलोरमाथि पञ्जाबको दोस्रो रोमाञ्चक जित

इन्डियन प्रिमियर लिग(आईपीएल) अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा किंग्स इलेवेन पञ्जाबले रोमाञ्चक जित निकालेको छ।
 |  बिहीबार, असोज २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २९, २०७७

काठमाडौं– इन्डियन प्रिमियर लिग(आईपीएल) अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा किंग्स इलेवेन पञ्जाबले रोमाञ्चक जित निकालेको छ।

उसले रोयल च्यालेन्जसर्स बैंगलोरलाई ८ विकेटले हराउँदै जित निकालेको हो। १७२ रनको लक्ष्यका साथ मैदान पसेको पञ्जाबले मात्र दुई विकेट गुमाएर १७७ रन बनाएपछि जित हात पारेको हो।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको बैंगलोरका कप्तान विराट कोहलीले ४८ रन बनाए भने क्रिस मोरिसले अविजित २५ रन बनाए। शिमव् दुवेले २३ र आरोन फिन्चले २० रन बनाउनुबाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।

यता पञ्जाबका लागि भने मोहम्मद शामी र मुरुगन अश्विनले समान २–२ विकेट लिए। त्यस्तै जवाफी ब्याटिङमा आएको पञ्जाबका कप्तान केएर राहुल सर्वाधिक ६१ रनमा अविजित रहे रभने मयंक अग्रवाल ४५ रनमै आउट भए।

जारी सिजनमा पहिलोपटक देखिएका क्रिस गेलले पाँच छक्काका साथ ५३ रन बनाए। बैंगलोरका चाहलले बाहेक अन्य खेलाडीले विकेट गिराउन सकेनन्।

दोस्रो जितसँगै पञ्जाबले ४ अंक बनाएको छ। ऊ जितका बाबजुद अंकतालिकाको पुछारमा छ। यता पराजित पञ्जाब १० अंकका साथ अंकतालिकाको तेस्रो स्थानमा छ।

तीन खेलमात्र हारेको बैंगलोरलोरले पञ्जाबसँग जारी सिजनका दुवै खेल हारेको छ भने पञ्जाबले बैैंगलोरलाई मात्र हराउन सकेको छ। उसले पहिलो लेगको खेलमा पनि बैंगलोरलाई ९७ रनले हराएको थियो।

त्यस्तै ८ खेलबाट १२ अंक बनाएको दिल्ली क्यापिटल शीर्षस्थानमा छ भने ७ खेलबाट १० अंक बनाएको मुम्बई १० अंकका साथ दोस्रो स्थानमा छ।
 

प्रकाशित: Oct 15, 2020| 23:46 बिहीबार, असोज २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।