शुक्रबार, जेठ १, २०८३

भारतको ओडिशा र आन्ध्र प्रदेशमा 'साइक्लोन अलर्ट'

बंगालको खाडीमा चक्रावतीय तूफानको अवस्थितिलाई ध्यान दिँदै तटवर्ती राज्य ओडिशा र आन्ध्र प्रदेशमा साइक्लोनको अलर्ट जारी गरिएको छ।
 |  शनिबार, असोज ९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज ९, २०७८

नयाँ दिल्ली - बंगालको खाडीमा चक्रावतीय तूफानको अवस्थितिलाई ध्यान दिँदै तटवर्ती राज्य ओडिशा र आन्ध्र प्रदेशमा साइक्लोनको अलर्ट जारी गरिएको छ। 

National life

भारतको मौसम विभागका अनुसार ओडिशाका सातवटा जिल्लामा हाइ अलर्ट जारी गरिएको भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको छ। विभागका अनुसार चक्रवातीय तूफान ओडिशाको दक्षिण इलाका हुँदै छिमेकी राज्य आन्ध्र प्रदेशसम्म पुग्‍ने अनुमान गरिएको छ। 

सरकारले अलर्ट जारी गरिएको जिल्लामा उद्धार टोली पठाइसकेको जनाइएको छ। त्यसैगरि तटीय क्षेत्रमा रहेका नागरिकहरुलाई सुरक्षित स्थानमा सार्नका लागि निर्देशन दिइसकेकोसमेत जनाइएको छ। 

ओडिशाका सात जिल्ला गजपति, गञ्‍जम, रायगढ, कोरापुट, मलकानगिरी, नमरंगपुर र कन्धमालामा ओडिशा डिजास्टर एक्सन फोर्सका ४२ टोली परिचालन गरिएको र नेशनल रेस्पोन्स फोर्सका २४ टोली पठाइएको जनाइएको छ। 

मौसम विभागले  ओडिशाको गञ्‍जम क्षेत्र धेरै प्रभावित हुनसक्ने जनाएको छ। उक्त जिल्लामा मात्र १५ वटा उद्धार टोली परिचालन गरिएको छ। 

प्रकाशित: Sep 25, 2021| 17:59 शनिबार, असोज ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।