आइतबार, भदौ १४, २०८३

हवाई यात्रा गर्न नपाएकालाई विमानभित्र खानाको मजा

विश्वकै सबैभन्दा ठूलो यात्रु विमान ए ३८० मा मानिसहरु ४७० डलरको टिकट किनेर खाना खाने भएका छन्।  
 |  बिहीबार, असोज २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २९, २०७७

काठमाडौं-  सिंगापुर एयरलाइन्सले लामो समयदेखि हवाईयात्रा गर्न नपाएका ग्राहकलाई लक्षित गरी विमानभित्र खाना ख्वाउने व्यवस्था गरेको छ।

विश्वकै सबैभन्दा ठूलो यात्रु विमान ए ३८० मा मानिसहरु ४७० डलरको टिकट किनेर खाना खाने भएका छन्।  

गएको सोमबार, सिंगापुर विमानस्थलमा रहेको  विमानभित्र बसेर खाना खानका लागि महँगो दरको टिकट किन्नेहरुको होडबाजी नै थियो। इन्टरनेटमा टिकट काउन्टर खुलेको आधा घण्टामै सबै ९०० टिकट बिक्री भएका थिए। 

जबकी यो रकममा नेपाल र सिंगापुरको दुईतर्फी यात्रा नै गर्न सकिन्छ। 

टिकट किनेका सोखिनहरुले २४ र २५ अक्टोेबरमा सिंगापुरको चंगी एयरपोर्टमा रहेको विमानभित्रै बसेर खाने मौका पाउने छन्। 

एयरलाइन्सले ४७० डलरमा फस्र्ट क्लासको फोर कोर्स खाना अफर गरेको थियो भने ५३ डलरमा इकोनोमी क्लासको थ्रि कोर्स खाना। 

यो डबल डेकर विमानमा आपसी दुरी कायम गर्न ग्राहकलाई एउटा सीट छोडेर बसाइनेछ। 

फिनएयरले खाना बेच्ने

फिनल्याण्डको एयरलाइन्स फिनएयरले आफ्नो विमानका यात्रीलाई ख्वाउने खाना सुपरमार्केटमा बेच्ने भएको छ।
कोरोना महामारीका कारण विमानयात्रा गर्न नपाएका ग्राहकले सुपरमार्केटमा विमानको खाना किन्न पाउँदा खुसी हुने एयरलाइन्सले अपेक्षा गरेको छ। 

‘टेस्ट अफ फिनएयर’ नामबाट मानिसहरुले १० युरोमा एक प्याकेट खाना किन्न पाउने छन्। 

फिनएयर किचेनकी मरिका निएमिनेनका अनुसार लामो यात्रामा प्रतिबन्ध लागेका बेला ग्राहकहरुले घरमै बसेर फिनएयरको लग्जरी अनुभव गर्ने मौका पाउनेछन्। 

त्यस्तै फिनएयरले किचेनमा काम गर्ने कर्मचारीलाई व्यस्त राख्न र उनीहरुको रोजगार जोगाइराख्न पनि खाना बजारमा बेच्ने निर्णय गरेको जनाएको छ। 

कोरोना महामारीका कारण फिनएयरका करिब ७ हजार कर्मचारीले रोजगार गुमाएका छन्। 

फिन एयरले सुरुमा राजधानी हेलसिन्कीको एउटा स्टोरबाट खाना बेच्ने र त्यसमा ग्राहकको रुची बढ्यो भने देशभरका स्टोरबाट खाना बेच्ने जनाएको छ। 

महामारीका कारण विश्वभर नै विमान यात्रामा ठूलो कमी आएका कारण एयरलाइन्स कम्पनीहरुले भारी नोक्सान ब्यहोर्नु परेको छ।
 

प्रकाशित: Oct 15, 2020| 12:17 बिहीबार, असोज २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।