बिहीबार, वैशाख ३१, २०८३

हाउडे मायाको ‘एक्स लभ’ सार्वजनिक

गायिका सिर्जना खत्री (हाउडे माया) को नयाँ गीत एक्स लभ सार्वजनिक भएको छ। उनले आफ्नै युट्युब च्यानलमार्फत् गीत सार्वजनिक गरेकी हुन्।
 |  बिहीबार, असोज २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २९, २०७७

काठमाडौं- गायिका सिर्जना खत्री (हाउडे माया) को नयाँ गीत एक्स लभ सार्वजनिक भएको छ। उनले आफ्नै युट्युब च्यानलमार्फत् गीत सार्वजनिक गरेकी हुन्। 

National life

गीतमा सिर्जनासंगै राजेन्द्र भट्ट (मिस्टर आरजेको) आवाज रहेको छ। सिर्जनाकै शब्द र संगीत रहेको गीतलाई योगेशकाजी विसीले एरेन्ज गरेका हुन्।

उनको नौटंकी माया, लाहुरे माया र डबल माया हिट गित हुन्। गीतको म्युजिक भिडियोमा पनि सिर्जना र राजेन्द्रलाई पनि देख्न सकिन्छ।

उनीहरुसँगै नविन लम्साल र काजल परियारले अभिनय गरेका छन्। गीत अहिलेको युवा युवतीको माया प्रेम र धोकाको विषयवस्तुमा आधारित छ। 

 

प्रकाशित: Oct 15, 2020| 09:50 बिहीबार, असोज २९, २०७७
प्रतिक्रिया दिनुहोस्