बुधबार, चैत ४, २०८२

प्रदेश १ : संक्रमित बढे, आईसीयू र भेन्टिलेटर उति नै

वीपी प्रतिष्ठानमा अक्सिजन नपाएरै संक्रमितले ज्यान गुमाउन थालेका छन्।
 |  बिहीबार, असोज २९, २०७७

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

बिहीबार, असोज २९, २०७७

विराटनगर– प्रदेश १ मा कोरोना संक्रमितको संख्या दैनिक बढ्दो छ। संक्रमण बढेसँगै मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ। 

National life

पछिल्लो २४ घण्टामा धरानमा मात्र ५ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ। संक्रमितको संख्या बढे पनि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भेन्टिलेटर र आईसीयू बेड संख्या त बढ्न सकेको छैन नै, भएका भेन्टिलेटर पनि सामान्य मर्मत नहुँदा संक्रमितको उपचारमा समस्या भएको छ। 

प्रतिष्ठानमा अक्सिजन नपाएरै संक्रमितले ज्यान गुमाउन थालेका छन्। लेभल थ्री कोभिड अस्पतालको रुपमा सुरु गरिएको प्रतिष्ठानको कोभिड अस्पतालमा अहिले भेन्टिलेटर भएको आईसीयू बेड त परै जाओस्, सामान्य अक्सिजन बेड नपाएर ज्यान गुमाउन थालेका छन्।

बुधबार साँझ होम आइसोलेसनमा बसेका धरान–१६ का ६२ वर्षीय एक संक्रमितको मृत्यु भएको छ। उनलाई गाह्रो हुँदै गएपछि प्रतिष्ठानमा लैजान पहल भएको थियो। तर भेन्टिलेटर मात्र होइन, प्रतिष्ठानको कोभिड अस्पतालमा अक्सिजन दिने बेडसमेत खाली थिएन। उनको साँझ घरमा नै मृत्यु भएको थियो।

धरान–१६ का वडाध्यक्ष नरेश इवारमले वीपीमा भन्टिलेटर खाली नभएपछि विराटनगर पठाइएको बताए। संक्रमितको मृत्यु विराटनगरमा भएको थियो। 

Laxmi sunrise bank
kumari

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड बिरामी व्यवस्थापन समन्वयकर्ता डा. इन्द्र लिम्बुले होम आइसोलेसनमा बसेकाहरु अस्पतालमा भर्नाका लागि फोन आउने गरे पनि अक्सिजन बेड उपलब्ध नहुँदा अस्पताल ल्याउन नसकिएको बताए। 

वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भेन्टिलेटर बेड संख्या ९ छ। तर, ५ वटा भेन्टिलेटरमात्र प्रयोगमा छन्। ४ वटा प्रयोगविहीन छन्। ४ वटा भेन्टिलेटरमा सामान्य समस्या आएकाले मर्मत भइरहेको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले बताए।

उनले केही दिनअघि समस्या आएपछि मर्मतको काम सुरु गरिएको बताए। श्रेष्ठले भने, ‘चाँडै सञ्चालनमा आउने छ।’ वीपीमा आईसीयू बेड संख्या १५ छ। 

प्रदेश १ मा पछिल्लो एक सातादेखि संक्रमित संख्या बढ्दो छ। दैनिक ४ सयभन्दा बढी संक्रमित थपिने गरेका छन्। अधिकांश संक्रमित होम आइसोलेसनमा बस्न बाध्य छन्। अस्पतालमा आईसीयू र भेन्टिलेटर थप हुन नसक्दा संक्रमितले होम आइसोलेसनमा ज्यान गुमाउन थालेका छन्। 

प्रदेश १ मा निजी र सरकारी गरी ६ वटा अस्पतालमा ५९ आईसीयू र ३२ वटा भेन्टिलेटर बेड रहेको सामाजिक विकास मन्त्रालयको कोभिड १९ तथ्यांक संकलन तथा अनुगमन समितिका संयोजक डा. सरोज विसालले बताए। संक्रमितको संख्या बढे पनि अस्पतालमा थप आईसीयू र भेन्टिलेटर भने बढ्न सकेको छैन। 

प्रकाशित: Oct 15, 2020| 08:47 बिहीबार, असोज २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।