आइतबार, भदौ १४, २०८३

मृतक भनेर फ्रिजर बक्समा राखेका वृद्ध २० घण्टापछि जीवित भेटिए

भारत तमिलनाडु राज्यको राजधानी चेन्नईमा मृत घोषणा गरेर २० घण्टा फ्रिजर बक्समा राखिएका एक वृद्ध जीवित भेटिएका छन्।
 |  बिहीबार, असोज २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २९, २०७७

भारत तमिलनाडु राज्यको राजधानी चेन्नईमा मृत घोषणा गरेर २० घण्टा फ्रिजर बक्समा राखिएका एक वृद्ध जीवित भेटिएका छन्।

७३ वर्षीय ती वृद्धलाई आफन्तले मृत्यु भएको भनेर फ्रिजर बक्समा राखेका थिए। बक्समा राखेको २० घण्टापछि खोलेर हेर्दा सास फेरिरहेको पाइएपछि उनलाई अस्पताल लगिएको छ।

डाक्टरहरुले चमत्कार भएको बताउँदै उपचार सुरु गरेका छन्। उनको अवस्था अहिले सुधारोन्मुख रहेको बताइएको छ। 

७३ वर्षीय बालासुव्रमण्य आफ्ना ७० वर्षे भाइसँग बस्थे। सोमबार उनी बेहोस भएका थिए। भाइले भने उनको मृत्यु भएको ठाने र शव राख्ने फ्रिजर बक्स मगाए।

बक्समा राखेको २० घण्टापछि बल्ल थाहा भयो– उनका दाइ त जिउँदै रहेछन्। प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। 

–नवभारत टाइम्स

प्रकाशित: Oct 15, 2020| 08:07 बिहीबार, असोज २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।