काठमाडौं– नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठक १० दिन पर सारेको छ। साउन २० गतेदेखि काठमाडौंमा बस्ने भनिएको बैठक साउन ३० गतेसम्मका लागि सारिएको माअोवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
‘आवश्यक तयारी नपुगेको र पछिल्लो घटनाक्रमका कारणले बैठक सार्ने निर्णय गरेका हौं,’ उनले भने।
स्थायी कमिटी बैठकले साउन ३० गतेभित्र देशैभर रहेका वडा कमिटीको गठन र अद्यावधिक विवरणसहित केन्द्रीय कमिटी बैठकमा पेश गर्ने गरी प्रदेशका केन्द्रीय सदस्यलाई निर्देशन समेत दिने निर्णय गरेको छ।