बिहीबार, भदौ ४, २०८३

अमिताभ बच्चनलाई पान मसलाको विज्ञापन नगर्न आग्रह

राष्ट्रिय तमाखु विरोधी संगठनले अमिताभ बच्चनलाई पान मसलाको विज्ञापन नगर्न आग्रह गरेको छ।
 |  शनिबार, असोज ९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज ९, २०७८

मुम्बई- राष्ट्रिय तमाखु विरोधी संगठनले अमिताभ बच्चनलाई पान मसलाको विज्ञापन नगर्न आग्रह गरेको छ।

युवायुवतीहरु कुलतमा लाग्‍न मद्दत मिल्नसक्ने भन्दै ‘भारतको राष्ट्रिय तमाखु संगठन’ले अमितभालाई पान मसलाको विज्ञापन नगर्न आग्रह गरेको हो।

अमिताभले पान मसलाको विज्ञापन खेलेको आरोप र ट्रोलको सामाना गर्नुपरेको छ। उनले रणबीर सिंहसँग पान मसलाको प्रचारका लागि विज्ञापन खेलेपछि विवादमा आएका हुन्। संगठनले बच्चनसँग अपिल गर्दै भने, ‘यदि बच्चनले यस्तो विज्ञापन खेल्नु भनेको युवाहरुलाई कुलतमा लाग्‍न प्रेरित गर्नु हो।’

पान मसला तथा तमाखु सेवनले स्वस्थ्यमा असर पर्नेछ भन्दै संगठनले अमिताभलाई विभिन्न अनुसन्धानबाट प्रमाणित गरेको रिपोर्ट सहितको पत्र पठाएका छ। 

अमिताभ पोलियो थोपाको सरकारी ब्राण्ड एम्बेसडर पनि हुन्। यसो हुँदा पनि खैनी तथा पानमसलाको विज्ञापनबाट हट्नुपर्ने आग्रह गरेका हो। 


प्रकाशित: Sep 25, 2021| 16:39 शनिबार, असोज ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।