आइतबार, जेठ ३, २०८३

थप ९५३ संक्रमित हुँदा १३७१ जना डिस्चार्ज, ६ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ९५३ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
 |  शनिबार, असोज ९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज ९, २०७८

National life

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा थप ९५३ जनामा कोरोना भाइरस संक्रमण भएको छ। यस्तै १३७१ जना उपचारपछि निको भएका छन् भने यस अवधिमा ६ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्ल्लो २४ घण्टामा १० हजार ५७९ जनाको नमुना परीक्षण गर्दा ९५३ जनामा संक्रमण देखिएको हो। नेपालमा आजसम्म ८ लाख ८१ हजार १०५ जनालाई कोरोना संक्रमण भएको छ। तीमध्ये ७ लाख ५९ हजार ८७५ जना निको भएका छन्।

नेपालमा आज १९ हजार ७०० जना सक्रिय संक्रमित छन्। यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ८७ पुगेको छ। शनिबारसम्म ६५ लाख २८ हजार ३९२ जनाले पहिलो मात्रा खोप लगाएका छन् भने पूर्ण मात्रा खोप लगाउनेको संख्या ६० लाख १४ हजार ९४१ पुगेको छ।

प्रकाशित: Sep 25, 2021| 16:10 शनिबार, असोज ९, २०७८
प्रतिक्रिया दिनुहोस्