मंगलबार, फागुन १९, २०८२

देउवा सरकारबाट आशा गर्नु नै व्यर्थ : विष्णु पौडेल

सरकार गठन भएको दुई महिनासम्म पनि मन्त्रिमण्डल विस्तार हुन नसकेको भन्दै वर्तमान सरकारसँग आशा गर्नु नै व्यर्थ हुने उनको भनाइ छ।
 |  शनिबार, असोज ९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज ९, २०७८

बुटवल- नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले देउवा नेतृत्वको सरकारबाट नागरिकले केही पनि आश गर्न नसक्ने टिप्पणी गरेका छन्। सरकार गठन भएको दुई महिनासम्म पनि मन्त्रिमण्डल विस्तार हुन नसकेको भन्दै वर्तमान सरकारसँग आशा गर्नु नै व्यर्थ हुने उनको भनाइ छ। 

उद्योग व्यापार संगठन रुपन्देहीको १४ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनलाई शनिबार सम्बोधन गर्दै उपमहासचिव पौडेलले यस्तो बताएका हुन्। 

उनले देउवा सरकार परमादेशबाट बनेको भन्दै जनताको मत अझै पनि एमालेसँग नै रहेको दाबी गरे। सरकारले एमाले विभाजन गर्न ल्याएको दलसम्बन्धी अध्यादेशकै कारण मन्त्रिमण्डल विस्तार अड्‌किएको समेत उनको भनाइ छ। 

पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले अध्यादेश फिर्ता नलिइ सरकार गठन गरे सत्तासिन दल विभाजित हुने बताए। अध्यादेश नेकपा एमालेलाई विभाजन गर्ने उद्देश्यले मात्र ल्याइएको उनको दाबी छ। 

यस्तै रुपन्देहीका प्रतिनिधिसभा सदस्य समेच रहेका नेता पौडेलले रुपन्देहीलाई देशकै विकासको रोल मोडलको रुपमा विकसित गर्ने दाबी गरे।

kumari

उनले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बेलहिया–बुटवल, तौलिहवा भैरहवा, बेथरी बेलवास सडक, सेज र मोतीपूर औद्योगिक कोरिडोर, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र लगायतका पूर्वाधारहरुले रुपन्देहीलाई देशकै विकासको रोल मोडल बनाएको जिकिर गरे। 

उनले आफू अर्थमन्त्री हुँदा पाँच अर्ब बजेट विनियोजन गरेकोमा सरकारले उक्त बजेट घटाएर पाँच अर्बमा झारेर आयोजनाको काममा भाँजो हालेको आरोप लगाए । 

प्रकाशित: Sep 25, 2021| 15:28 शनिबार, असोज ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।