शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • महाकाली नदीमा युवक बेपत्ता घटनाको तत्काल छानबिन गर्न माओवादी केन्द्रको माग

महाकाली नदीमा युवक बेपत्ता घटनाको तत्काल छानबिन गर्न माओवादी केन्द्रको माग

 |  आइतबार, साउन १७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन १७, २०७८

काठमाडौं- सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रले महाकाली नदीमा तुइन तर्ने क्रममा नेपाली नागरिक बेपत्ता भएको घटनाको तत्काल छानबिन गर्न सरकारसँग माग गरेको छ।

आज बसेको पार्टी स्थायी कमिटीको बैठकले सरकारसँग यस्तो माग गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

‘महाकाली नदीमा तुइन तर्ने क्रममा नागरिक नदीमा खसेर बेपत्ता भएको समाचारमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, उनले भने, ‘यस सम्बन्धमा सरकारले तत्काल छानबिन गरेर दोषीलाई कारबाही गरोस्।’

उनले सञ्चार माध्यममा आएका खबर र प्राप्त सूचनाअनुसार एसएसबीको गतिविधिको कारणले नेपाली नागरिक बेपत्ता भएको घटनालाई गम्भीरतापूर्वक लिन पनि सरकारको ध्यानाकर्षण गराइएको बताए।

‘तत्काल छानबिन गरी कारबाही गर्नका लागि भारतसँग गम्भीर आपत्ति सहित माग गर्न हामीले सरकारको ध्यानाकर्षण गराएका छौं’, उनले भने, ‘यसलाई गम्भीरतापूर्वक लिएर अघि बढ्नुपर्छ।’

प्रकाशित: Aug 01, 2021| 15:06 आइतबार, साउन १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...