सोमबार, असार २२, २०८३

केन्पो खुकुरी मार्सल आर्टस च्याम्पियन बन्यो बागमती

बागमती प्रदेशले प्रथम राष्ट्रिय केन्पो खुकुरी मार्सल आर्टस च्याम्पियनसिपको उपाधि जितेको छ। ७ स्वर्णसहित बागमती समग्रमा टिम च्याम्पियन बन्यो।
 |  शनिबार, असोज ९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज ९, २०७८

काठमाडौं– बागमती प्रदेशले प्रथम राष्ट्रिय केन्पो खुकुरी मार्सल आर्टस च्याम्पियनसिपको उपाधि जितेको छ। ७ स्वर्णसहित बागमती समग्रमा टिम च्याम्पियन बन्यो। नेपाल केन्पो खुकुरी मार्सल आर्टस संघद्वारा आयोजित प्रतियोगितामा ६ स्वर्णका साथ सुदूरपश्चिम प्रदेश दोश्रो भयो। तेश्रो स्थानको कर्णाली प्रदेशले ३ स्वर्ण हात पारेको छ।

लुम्बिनी प्रदेश र प्रदेश २ ले समान १–१ स्वर्ण जिते। प्रतियोगिताअन्तर्गत फुल केन्पोको पुरुष ४५–४९ केजीमा प्रदेश २ का विशाल कुसुवार तथा ५०–५४ केजीमा बागमतीका हिमाल बलले स्वर्ण जिते। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको सेमी केन्पोतर्फ महिला ५०–५४ केजीमा कर्णालीकी निरुता कोइराला तथा ५५–५९ केजीमा बागमतीकी शितल बोहरा पहिलो भए।

समूहगत काताको पुरुषमा सुदूरपश्चिम पहिलो, कर्णाली दोश्रो तथा लुम्बिनी र प्रदेश २ तेश्रो भए। सोही स्पर्धाको महिलामा बागमतीले स्वर्ण, लुम्बिनीले रजत तथा कर्णाली र प्रदेश २ ले कांस्य हात पारे। प्रतियोगिता सञ्चालनका लागि मुख्य जज सन्जितकुमार राईको नेतृत्वमा जज सिद्धार्थ लामा, जज उद्धव थापा मगर, जज रमेश महर्जनलगायत १५ सदस्यीय प्राविधिक टोली परिचालन गरिएको थियो।

विजेतालाई आयोजक संघका अध्यक्ष पूर्णप्रसाद पाण्डेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। प्रतियोगितामा प्रदेश १ बाहेक विभिन्न ६ प्रदेशका १ सय खेलाडीले २० स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए।


प्रकाशित: Sep 25, 2021| 15:05 शनिबार, असोज ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।