आइतबार, असार २८, २०८३

क्यानको साधारणसभा अनिश्चितकालका लागि स्थगित

 |  सोमबार, असोज २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज २६, २०७७

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले यही असोज २८ र २९ गते आयोजना गरेको वार्षिक साधारण सभा अनिश्चितकालका लागि स्थगित गरेको छ।

उसले आज (सोमबार) एक सूचना जारी गर्दै साधारणसभा अनिश्चितकालका लागि स्थिगित भएको बताएको हो।

‘क्यानले असोज ६ गते चितवनमा सम्पन्न गरेको बोर्ड बैठकले असोज २८ र २९ गते गर्ने निर्णय गरेको साधारणसभा अनिश्चितकालका लागि स्थगित भएको छ,’ सूचनामा भनिएको छ।

उसले संघका अध्यक्ष चतुरबाहादुर चन्द, सचिव अशोकनाथ प्याकुरेलसहित संघका पदाधिकारीलाई समेत कोरोना संक्रमण भएपछि साधारणसभा स्थगित भएको हो।

संक्रमित पदाधिकारी अहिले आइसोलेसनमै छन्।

प्रकाशित: Oct 12, 2020| 15:05 सोमबार, असोज २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।