सोमबार, असार २२, २०८३

ईपीएलमा ललितपुरले काठमाडौंलाई दियो १५८ रनको लक्ष्य

चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग ईपीएलको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन ललितपुर पट्रियोट्सले काठमाडौं किंग्स इलेवेनलाई १५८ रनको लक्ष्य दिएको छ।
 |  शनिबार, असोज ९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज ९, २०७८

काठमाडौं- चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग ईपीएलको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन ललितपुर पट्रियोट्सले काठमाडौं किंग्स इलेवेनलाई १५८ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी खेलमा टस जितेर बलिङ रोजेको काठमाडौंले १५८ रनको लक्ष्य पाएको हो। ललितपुरले निर्धारित २० ओभर खेल्दै ८ विकेट गुमाएर १५७ रन बनाएको हो। ललितपुरका लागि ईपीएलको पहिलो अर्धसतक पवन सर्राफले बनाएका छन।

उनले ४४ बलमा ६१ रन बनाउनुका साथै उनले चार छक्का र ५ चौका प्रहार गरेका छन। ललितपुरका ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेल गोल्डेन डग आउट भएका छन्। सन्दुम वेरोल्की र ओसाडे फर्बान्डोसले पनि गतिलो सुरुवात गर्न सकेनन्।

तर योगेन्द्र सिंह कार्कीले ३३, रन्जुङ दोर्जीले १७ र  शंकर रानाले १४ रनबनाएका छन्। ललितपुरले सुरुवाती ९ बलमै तीन विकेट गुमाएर निकै कमजोर सुरुवात गरेको थियो।

खेलको केन्द्रमा रहेका पाकिस्तानी खेलाडीले शाहिदी अफ्रिदिले एक विकेट लिएका छन् भने सन्दीप लामिछाने भने विकेट विहिन भए। काठमाडौंका लागि जितेन्द्र मुखियाले ४ विकेट लिए भने रियन बुर्लले दुई वेकेट गिराए भने गुल्सन झाले पनि एक विकेट गिराएका छन्। 

प्रकाशित: Sep 25, 2021| 14:15 शनिबार, असोज ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।