काठमाडौं- चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग ईपीएलको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन ललितपुर पट्रियोट्सले काठमाडौं किंग्स इलेवेनलाई १५८ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी खेलमा टस जितेर बलिङ रोजेको काठमाडौंले १५८ रनको लक्ष्य पाएको हो। ललितपुरले निर्धारित २० ओभर खेल्दै ८ विकेट गुमाएर १५७ रन बनाएको हो। ललितपुरका लागि ईपीएलको पहिलो अर्धसतक पवन सर्राफले बनाएका छन।
उनले ४४ बलमा ६१ रन बनाउनुका साथै उनले चार छक्का र ५ चौका प्रहार गरेका छन। ललितपुरका ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेल गोल्डेन डग आउट भएका छन्। सन्दुम वेरोल्की र ओसाडे फर्बान्डोसले पनि गतिलो सुरुवात गर्न सकेनन्।
तर योगेन्द्र सिंह कार्कीले ३३, रन्जुङ दोर्जीले १७ र शंकर रानाले १४ रनबनाएका छन्। ललितपुरले सुरुवाती ९ बलमै तीन विकेट गुमाएर निकै कमजोर सुरुवात गरेको थियो।
खेलको केन्द्रमा रहेका पाकिस्तानी खेलाडीले शाहिदी अफ्रिदिले एक विकेट लिएका छन् भने सन्दीप लामिछाने भने विकेट विहिन भए। काठमाडौंका लागि जितेन्द्र मुखियाले ४ विकेट लिए भने रियन बुर्लले दुई वेकेट गिराए भने गुल्सन झाले पनि एक विकेट गिराएका छन्।