काठमाडौं- थ्री स्टार फुटबल क्लबले युवा खेलाडी डोना थापालाई अनुबन्ध गरेको छ।
उसले १० नम्बर जर्सी दिनेगरी डोना थापालाई क्लबमा अनुबन्ध गरेको हो। सामाजिक सञ्जाल फेसबुक पेजमा सूचना जारी गर्दै थ्रीस्टारले डोनालाई अनुबन्ध गरेको जानकारी दिएको हो।
‘२४ वर्षे युवा मिडफिल्डर डोना थापाले थ्रीस्टार क्लबसँग सम्झौता गरेका छन्,’ क्लबले लेखेको छ।
‘म थ्रीस्टारजस्तो प्रतिष्ठित क्लबमा अनुबन्ध हुन पाउँदा अद्भुत महसुस गरेको छु। म सँधै थ्रीस्टारबाट खेल्न चहान्थेँ,’ डोनाले थ्रिस्टारमा अनुबन्ध भएपछि भने, ‘जब सम्झौताको प्रताव आयो मैले नकार्नै सकिनँ।’
उनले थ्रीस्टारमा उत्कृष्ट खेलाडी रहेको पनि बताएका छन्। र उनले उपाधिका लागि भिड्ने पनि बताएका छन्। थ्रीस्टारले यसअघि राष्ट्रिय टिमका मनिष डाँगीलाई अनुबन्ध गरे पनि उसले क्लबमा राख्न सकेको थिएन।
तर उसले अनन्त तामाङ, संजाक राईजस्ता उत्कृष्ट खेलाडीलाई भने नयाँ सिजनका लागि सम्झौता गरिसकेको छ।