बुधबार, असार २४, २०८३

थ्रीस्टारले १० नम्बर जर्सीमा भित्र्यायो डोना थापा

थ्री स्टार फुटबल क्लबले युवा खेलाडी डोना थापालाई अनुबन्ध गरेको छ।
 |  आइतबार, साउन १७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन १७, २०७८

काठमाडौं- थ्री स्टार फुटबल क्लबले युवा खेलाडी डोना थापालाई अनुबन्ध गरेको छ।

उसले १० नम्बर जर्सी दिनेगरी डोना थापालाई क्लबमा अनुबन्ध गरेको हो। सामाजिक सञ्जाल फेसबुक पेजमा सूचना जारी गर्दै थ्रीस्टारले डोनालाई अनुबन्ध गरेको जानकारी दिएको हो।

‘२४ वर्षे युवा मिडफिल्डर डोना थापाले थ्रीस्टार क्लबसँग सम्झौता गरेका छन्,’ क्लबले लेखेको छ।

‘म थ्रीस्टारजस्तो प्रतिष्ठित क्लबमा अनुबन्ध हुन पाउँदा अद्भुत महसुस गरेको छु। म सँधै थ्रीस्टारबाट खेल्न चहान्थेँ,’ डोनाले थ्रिस्टारमा अनुबन्ध भएपछि भने, ‘जब सम्झौताको प्रताव आयो मैले नकार्नै सकिनँ।’

उनले थ्रीस्टारमा उत्कृष्ट खेलाडी रहेको पनि बताएका छन्। र उनले उपाधिका लागि भिड्ने पनि बताएका छन्। थ्रीस्टारले यसअघि राष्ट्रिय टिमका मनिष डाँगीलाई अनुबन्ध गरे पनि उसले क्लबमा राख्न सकेको थिएन।

तर उसले अनन्त तामाङ, संजाक राईजस्ता उत्कृष्ट खेलाडीलाई भने नयाँ सिजनका लागि सम्झौता गरिसकेको छ।

प्रकाशित: Aug 01, 2021| 14:57 आइतबार, साउन १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।