बिहीबार, भदौ ४, २०८३

स्रोत नखुलेको ९५ लाखसहित दुई जना पक्राउ

स्रोत नखुलेको ९५ लाखसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
 |  शनिबार, असोज ९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज ९, २०७८

काठमाडौं- स्रोत नखुलेको ९५ लाखसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। नागढुङ्गास्थित महानगरीय प्रहरी प्रभागबाट खटिएको टोलीले सवारीसाधन जाँच गर्ने क्रममा गएराति उक्त रकमसहित भारतको महाराष्ट्र घर भएका २६ वर्षीय सागर माली र  सोही ठाउँका १९ वर्षीय कृष्ण अढाडेलाई पक्राउ गरेको हो। 

सागरका साथबाट ४५ लाख र कृष्णका साथबाट ५० लाख बरामद गरिएको काठमाडौं महानगरीय प्रहरी परिसरले आज जारी गरेको विज्ञाप्तिमा जनाइएको छ।

चितवनबाट काठमाडौं आउदै गरेको ग१ख ६६४५ नम्बरका माइक्रोमा सवार उनीहरुले झोलामा उक्त रकम लुकाइछिपाइ ल्याएका थिए। उनीहरूले पैसाको स्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Sep 25, 2021| 12:44 शनिबार, असोज ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।