काठमाडौं- चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) आज सुरु हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा शनिबार मध्यान्न १२:१५ बजेदेखि हुने भनिएको प्रतियोगिता वर्षाका कारण केही बेर स्थगित भएको छ।
हल्का वर्षा भएसँगै खेल केही बेरका लागि रोकिएको हो। खेलमा काठमाडौं किंग्ले टस जितेर फिल्डिङ रोजेको छ।
यो संस्करणको ईपीएलमा पाँच दिन डबल हेडर हुनेछ। त्यस्तै, बाँकी ९ दिन समान १–१ खेल हुनेछ।
लिग चरणको दौरान प्रतियोगितामा कुनै दिन ब्रेक छैन। प्रतियोगिताको दौरान फाइनलअघि अक्टोबर ८ मा मात्र एक दिन ब्रेक दिइएको छ।