बुटवल- रुपन्देहीको कञ्चन गाउँपालिकामा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ। घर बनाउनका लागि फलामको छड काट्ने क्रममा विद्युतको हाइटेनसन तारमा छडले छोएर करेन्ट लागेको हो।
करेन्ट लागेर घाइते भएका रुपन्देही जिल्ला कञ्चन गाउँपालिका-४ बस्ने ४५ वर्षीय रन बहादुर बस्नेतको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी निरीक्षक देवेन्द्र कुमार मल्लले जानकारी दिए।
कञ्चनमा बिस्तार गरिएका विद्युतीय हाइटेनसन तारको उचाइ कम र सडकको किनारमै भएका कारण दुर्घटनाको जोखिम अत्यधिक रहेको स्थानीयहरूले गुनासो गरेका छन्। इलाका प्रहरी कार्यालय रुद्रपुरका अनुसार शुक्रबार घटना भएको प्रहरीले जनाएको छ।