काठमाडौं– आज साँझ सवा ५ बजे इंग्लिस प्रिमियर लिग (ईपीएल) मा चेल्सीले डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीको सामना गर्दैछ।
प्रिमियर लिगको उपाधि दाबेदारका रूपमा हेरिएका यी दुवै टिमको खेललाई निकै महत्त्वका साथ हेरिएको छ।
यता, फुटबल रणनीतिका निकै बलिया खेलाडी पेप ग्वार्डिओला सिटीका प्रशिक्षक हुन्। तर, चेल्सीका प्रशिक्षक थोमस टुचेलसँग उनी पछिल्ला तीन खेलमा जितविहीन छन्।
ग्वार्डिओलाविरुद्ध लगातार तीन खेलमा जित निकाल्ने दुईमध्येका एक प्रशिक्षक बनेका छन् थोमस टुचेल। त्यसैले पनि आज ग्वार्डिओला आफ्ना खेलाडीलाई चेल्सीविरुद्ध हाबी हुनेगरि मैदान उतार्न चाहन्छन्।
जब टुचेल र ग्वार्डिओला यसअघि जर्मन क्लबहरूमा प्रशिक्षक थिए। त्यतिबेला टुचेलले ग्वार्डिओलाविरुद्ध कहिल्यै जित निकाल्न सकेनन्। तर, आफ्नै देशका अर्का प्रशिक्षक योर्गेन क्लोपको पदचाप पछ्याउँदै इंग्लिस क्लब आइपुगेका टुचेलले अहिले स्ट्यामफर्ड ब्रिजबाट तीन फरक प्रतिस्पर्धामा जित हाँसिल गरे।
त्यसमध्ये टुचेलको पछिल्लो जित भने निकै ऐतिहासिक छ। यी दुई क्लब पछिल्लो सिजनको च्याम्पियन्स लिगमा भेट भएका थिए। १० वर्षपछि चेल्सी युरोपियन च्याम्पियन बन्ने दाउमा थियो।
चेल्सी टिमको लगाम तीनै टुचेलको हातमा थियो। इतिहासमै पहिलो पटक युरोपियन च्याम्पिनय बन्ने दाउमा थियो म्यानचेस्टर सिटी। सिटीको पथप्रदर्शक थिए ग्वार्डिओला।
ग्लार्डिओला १–० ले पछि परेपछि उपाधि चेल्सीले लग्यो। प्रिमियर लिग विजेता सिटीले च्याम्पियन्स लिग भने जित्न सकेन। त्यसैले अहिले टुचेलविरुद्ध जित निकाल्न ग्वार्डिओला त्यस्तो के गरिहेका छन्? जसले टुचेललाई उनीविरुद्ध चौथो जित निकाल्न दिने छैनन्। यो अहिले धेरै फुटबल समर्थकको पनमा उब्जिएको प्रश्नसमेत हो।
‘सिटीका अधिकांश समर्थकले अहिले यही कुरा गरिरहेका छन्,’ पूर्व खेलाडी माइकेल ब्राउन बताउँछन्। धेरैले विश्वास गरेका छन् कि अब पेपेले चेल्सीविरुद्ध केही नयाँ रणनीति पस्किन लागिरहेका छन्।
त्यो किन पनि भने। लिग अहिले चेल्सीको तुलनामा ग्वार्डिओलाको टिम दबाबमा छ। सिटीले शीर्ष चारमा स्थान बनाउनकै लागि भए पनि आज साँझको खेल जित्नै पर्नेछ। उनी संसारका यस्ता प्रशिक्षक हुन् यदि उनले हार बेहोरे भने सबैले उनीले गरेको सानो कामको पनि विश्लेषण गर्ने गर्दछन् कि– कसरी उनले हार बेहोरे?
ग्वार्डिओलाले त्यो गर्न नसके सिजनको पहिलो दोस्रो बेहोर्नेछन्। यता १३ अंकका साथ चेल्सी शीर्षस्थानमा छ। चेल्सी पनि आफ्नो शीर्षस्थान गुमाउन चाहँदैन। त्यसैक्रममा चेल्सी १९५५ पछि सिटीविरुद्ध लगातार जित निकाल्ने दाउमा पनि हुनेछ।