शुक्रबार, वैशाख ५, २०८२

के प्लास्टिक बोतलमा पानी पिउँदा क्यान्सरको जोखिम हुन्छ?

बिस्फेनल ए (बीपीए) नामक एक रसायनलाई लिएर केही वैज्ञानिक चिन्तित छन्। पोलिकार्बोनेट कन्टेनर, खानाको डिब्बाका साथै रसिद र टिकटमा प्रयोग हुने कागजमा बीपीए रसायन पाइन्छ।
 |  शनिबार, असोज ९, २०७८
nespernesper

बीबीसी

बीबीसी

शनिबार, असोज ९, २०७८

vianetvianet

काठमाडौं- खानेपानी प्याकेजिङमा प्रयोग हुने प्लास्टिक बोतल र स्वास्थ्यमा हुने क्षतिलाई लिएर सधै चर्चा हुने गर्छ। यतिबेला एउटा इमेल भाइरल भइरहेको छ, जसमा चर्को घाममा पानी भरेको प्लास्टिकको बोतल राख्दा त्यसबाट निस्किने रसायन पानीमा घुल्न पुग्ने र शरीरमा क्यान्सरसम्मको जोखिम निम्त्याउने उल्लेख छ।

triton college

यस इमेलमा थुप्रै पटक एउटा युनिभर्सिटीको अध्ययन भन्दै दाबी गरिएको छ। तर, यो एक गलत इमेल हो।

बिस्फेनल ए (बीपीए) नामक एक रसायनलाई लिएर केही वैज्ञानिक चिन्तित छन्। पोलिकार्बोनेट कन्टेनर, खानाको डिब्बाका साथै रसिद र टिकटमा प्रयोग हुने कागजमा बीपीए रसायन पाइन्छ। 

बीपीएले एक फिमेल हार्मोन झैं असर देखाउँछ। हालसम्म यसबाट के स्वास्थ्य समस्या उत्पन्न हुन्छ भन्ने पत्ता भने लाग्न सकेको छैन। अध्ययनका अनुसार बीपीएको मात्रा शरीरमा बढी भएमा मुसा, गर्भवती महिला र साना मुसालाई हानि पुर्‍याउँछ। मानिसले बीपीए जस्ता रसायनको पाचन फरक ढंगबाट गरिरहेका हुन्छन्। हाम्रो शरीरमा दैनिक कति बीपीए जान्छ भन्ने कुनै प्रमाण छैन। र, यसले कस्तो क्षति पुर्‍याउँछ भन्ने कुरा पनि अध्ययनकै विषय रहेको छ।

प्याकेजिङको काममा बीपीएको प्रयोग वर्षौंदेखि हुँदै आएको छ। विकसित देशमा अधिकांश वयस्क मानिसको पिसावमा बीपीए मिल्नसक्ने अनुमान गरिएको छ।

National life insurance

प्लास्टिक प्याकेजिङमा बीपीएको उपयोग नगरेको अवस्थामा भने यसको जोखिमबाट बच्न सकिन्छ। अधिकांश प्लास्टिकमा एउटा नम्बर हुन्छ, जसले त्यसमा बीपीए भए–नभएको पत्ता लगाउन सकिन्छ। 

यो नम्बर एक त्रिभुजाकार रिसाइकलिङ चिन्हभित्र हुन्छ। १, २, ४ वा ५ लेखिएको भए त्यो प्लास्टिक बीपीए मुक्त भन्ने हो। ३ र ७ लेखिएको भए बीपीए हुनसक्ने भन्ने हुन्छ। यदि प्लास्टिकलाई तताउँदा वा त्यसमा डिटर्जेन्ट हाल्दा बीपीए निस्किने जोखिम हुन्छ। प्लास्टिकमा ६ अंकित भए बीपीए रहेको भन्ने हो।

युरोपियन युनियनमा बच्चाको बोतल तथा खेलौनामा प्रयोग हुने प्लास्टिक बीपीए मुक्त हुनुपर्छ।

प्रकाशित: Sep 25, 2021| 06:36 शनिबार, असोज ९, २०७८
प्रतिक्रिया दिनुहोस्