शुक्रबार, फागुन २९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • सामाजिक सञ्जालको शक्ति : एकै छिनमा फर्कियो ‘बाबाको ढावा’ मा मुस्कान

सामाजिक सञ्जालको शक्ति : एकै छिनमा फर्कियो ‘बाबाको ढावा’ मा मुस्कान

भारतको राजधानी नयाँ दिल्लीमा आज (बिहीबार) एक अनौठो घटना भयो। सामाजिक सञ्जाल ट्वीटरमा कारण त्यहाँ क्षणभरमै अप्रत्याशित घटनाक्रमहरु भए।
 |  बिहीबार, असोज २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २२, २०७७

एजेन्सी- भारतको राजधानी नयाँ दिल्लीमा आज (बिहीबार) एक अनौठो घटना भयो। सामाजिक सञ्जाल ट्वीटरमा कारण त्यहाँ क्षणभरमै अप्रत्याशित घटनाक्रमहरु भए।

National life

केही बेरअघि मात्रै रुँदै बसेका एक वृद्ध दम्पती क्षेणभरमै खुसीले मुस्काए।

दक्षिण दिल्लीको मालवीय नगरमा एक वृद्ध दम्पती सानो पसलमा खाना बनाएर बचेर आफ्नो जिविका चलाउँदै आएका छन्। पछिल्लो केही घण्टा यता त्यही वृद्ध दम्पत्तिको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो। ३० वर्षदेखि त्यहाँ ढावा चलाउँदै आएका ८० वर्षीय वृद्धले पछिल्लो केही दिनयता दैनिक ५० रुपैयाँ पनि आम्दानी नभएकाले जीवन धान्न निकै गाह्रो भएको बताउँदै रोएको भिडियोले तहल्का पिट्यो।

ती वृद्धका अनुसार बिहान साढे ६ बजे उनी श्रीमतीसहित ढावामा पुग्छन्, साढे ९ बजेसम्म पसलमा खाना बनाउँछन्। कोरोना भाइरसको महामारीअघि यहाँ दैनिक रुपमा राम्रै व्यापार थियो। लकडाउनपछि मानिसहरु आउन छोडे। बिहान पसल जाने काम त भयो तर कमाई भएन।

उनको भिडियो खिच्ने व्यक्तिले दैनिक कमाई कति हुन्छ भनेर सोध्दा वृद्ध रुन्छन् र चार घण्टामा ५० रुपैयाँ कमाई हुने गरेको सुनाउँछन्। उनका अनुसार पहिले पनि कमाई राम्रो त थिएन तर कोरोनाकाल पछिको अवस्था झन खराब हुँदै आयो।

Laxmi sunrise bank
kumari

बसुन्धरा तन्खा शर्माले यो भिडियो ट्वीट गर्दै लेखिन्, ‘यो भिडियो देखेर मलाई धेरै पीडा भयो। दिल्लीवासीहरु यति तपाईँहरुलाई मौका मिल्छ भने बाबाको ढावामा गएर खाना खानुहोस्।’

यो भिडियो ट्वीट भएपछि भाइरल हुन थाल्यो। वलिवुड स्टारहरुले सहयोगको याचना गर्दै भिडियो रिट्वीट गर्न थाले। केहीबेरमै सामाजिक सञ्जालमा भिडियो भाइरल भएसँगै बाबाको ढावामा पनि ग्राहकको भिड लाग्न थाल्यो।

अभिनेत्री स्वरा भास्कर, रबिना टण्डन, अभिनेता सुनिल शेट्टीलगायतले विभिन्न सन्देशहरु राखेर भिडियो रिट्वीट गरे। त्यस्तै आम आद्मी पार्टीका नेता सोमनाथ भार्तीले सहयोगको प्रतिबद्धता गर्दै भिडियो शेयर गरे र आफू त्यहाँ पुगेर खाना पनि खाए।

क्षणभरमै ठूलो संख्यामा ग्राहक पुगेपछि ढावामा खुसी फर्कियो। खानाका लागि आवश्यक सामग्री सकियो, ग्यास सकियो।
ढावाकी वृद्धाले समाचार एजेन्सी एएनआईलाई भनिन्, ‘केही कमाई भइरहेको थिएन, कोही ग्राहक आएका थिएनन्। बचेको खाना घर लिएर जान्थ्यौँ, त्यही खान्थ्यौँ। छोराहरु आफ्नो कमाई गर्छन् तर हामीलाई दिँदैनन्। मसँग भएकी एउटी छोरीको कमाई केही छैन।’

उनले अगाडि थपिन्, ‘आज बिहानदेखि ठूलो भिड लागेको छ। मानिसहरु आएर चिया खाएका छन्, खाना लिएर गएका छन्, आज त ग्यास पनि सकियो। अब घरबाट अर्को ग्यास मगाएकी छु, आज साह्रै खुसी लागेको छ, यति धेरै मान्छे हाम्रो ढावामा आएका छन्।

 

बीबीसी हिन्दीबाट

 

प्रकाशित: Oct 08, 2020| 11:25 बिहीबार, असोज २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।