बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • भारतीय राष्ट्रपतिले दिल्लीमा गराए मोतियाबिन्दुको शल्यक्रिया

भारतीय राष्ट्रपतिले दिल्लीमा गराए मोतियाबिन्दुको शल्यक्रिया

'शल्यक्रिया सफल भयो र उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ। उहाँको पहिलो आँखाको शल्यक्रिया पनि सन् २०७१ असोज १९ गते सैनिक अस्पतालमा नै भएको थियो,' अस्पतालले भनेको छ।
 |  शुक्रबार, असोज ८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ८, २०७८

नयाँ दिल्ली- राष्ट्रपति रामनाथ कोविन्दको दोस्रो आँखाको मोतिबिन्दुको शल्यक्रिया राष्ट्रिय राजधानीस्थित आर्मी हस्पिटल (रिफरल एन्ड रिसर्च) मा शुक्रबार भएको छ। 

National life

'शल्यक्रिया सफल भयो र उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ। उहाँको पहिलो आँखाको शल्यक्रिया पनि सन् २०७१ असोज १९ गते सैनिक अस्पतालमा नै भएको थियो,' अस्पतालले भनेको  छ। 

राष्ट्रपति कोविन्दको सचिवालयले शुक्रबार विज्ञप्ति जारी शल्यक्रिया सफलतापूर्वक सकिएको बताएको छ। उनलाई केही दिन आराम गर्न चिकित्सकहरूले सल्लाह दिएका छन्।

यसै वर्ष मार्च ३० मा नयाँ दिल्लीस्थित एम्स अस्पतालमा मुटुको बाइपास सर्जरी गराएका थिए। 

प्रकाशित: Sep 24, 2021| 22:10 शुक्रबार, असोज ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।