शुक्रबार, फागुन २९, २०८२

कोरोना निको नहुँदै कार्यालय फर्किए राष्ट्रपति ट्रम्प 

संक्रमण नियन्त्रण र रोकथामका लागि विश्व स्वास्थ्य संगठनले तोकेका स्वास्थ्य मापदण्ड र आईसोलेसनको नियम तोड्दै ट्रम्प काममा फर्किएका हुन् । 
 |  बिहीबार, असोज २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २२, २०७७

कोरोना भाइरसबाट संक्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ६ दिनमै कार्यालय फर्किएका  छन् । अस्पतालबाट घर गएको २ दिनमै उनी बिहीबारबाट कार्यालय जान थालेका हुन् । 

National life

संक्रमण नियन्त्रण र रोकथामका लागि विश्व स्वास्थ्य संगठनले तोकेका स्वास्थ्य मापदण्ड र आईसोलेसनको नियम तोड्दै ट्रम्प काममा फर्किएका हुन् । 

उनी २ अक्टोबरमा कोरोना भाइरसबाट संक्रमित भएका थिए । त्यसपछि अस्पताल भर्ना भएका उनी ४ दिनमै घर फर्किएका थिए । घर फर्किएको २ दिनपछि आजबाट कामका लागि कार्यालय जान थालेको बीबीसीले लेखेको छ ।

ट्रम्प काममा फर्किए पनि उनी कोरोना संक्रमण मुक्त भएका छैनन् । ट्रम्पको उपचारमा संलग्न चिकित्सकका अनुसार उनी अझै पूर्णरुपमा ठीक भइसकेका छैनन् । तर, उनको स्वास्थ्य भने सुधारोन्मुख छ । 

चिकित्सक सिन कोन्लेलाई उधृत गर्दै बीबीसीले लेखेअनुसार ट्रम्पलाई पछिल्लो २४ घण्टा कोरोनाको कुनै लक्षण देखिएको छैन भने ४ दिनदेखि ज्वरो पनि आएको छैन ।

Laxmi sunrise bank
kumari

ट्रम्पले आफु स्वस्थ भएकोमा भगवानलाई धन्यवाद दिदै आफुले जस्तै स्वास्थ्य सेवा र उपचार सबै कोरोना संक्रमित अमेरिकीहरुको पुहँचमा हुनुपर्ने बताएका छन् । 

उनले कोरोना उपचारको लागि अमेरिकामा उत्पादित औषधि आफ्ना नागरिकलाई निशुल्क उपलब्ध गराउने आश्वाशन दिएका छन् । 

प्रकाशित: Oct 08, 2020| 01:55 बिहीबार, असोज २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।