काठमाडौं- नर्भिक अस्पतालले आफ्ना संस्थापक वसन्तकुमार चौधरीको अवस्था गम्भीर नभएको प्रष्ट पारेको छ। दुबई भ्रमणमा रहेका चौधरीलाई हृदयघात भएको र अवस्था गम्भीर बनेको समाचार आएपछि अस्पतालले चौधरीको अवस्था गम्भीर नभएको प्रष्ट पारेको हो।
'नर्भिकका संस्थापक बसन्तकुमार चौधरीलाई दुबईमा हृदयघात भई अवस्था गम्भीर बनेको भन्ने आशयका समाचारहरुप्रति हाम्रो ध्यानाकर्षण भएको छ। यो समाचार ‘पूर्ण रुपमा’ सत्य नभएको जानकारी गराउँदछौं,' नर्भिकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
चौधरी निजी प्रयोजनका लागि दुबई गएको र उनको स्वास्थ्य अवस्था गम्भीर नभएको अस्पतालको दाबी छ।