बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नागरिकता लिएकै दिन व्यापारीको 'हत्या'! २४ घण्टा नबित्दै पक्राउ

नागरिकता लिएकै दिन व्यापारीको 'हत्या'! २४ घण्टा नबित्दै पक्राउ

उनीहरूलाई इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोलीले हत्या भएको २४ घण्टाभित्रै पक्राउ गरी सार्वजनिक गरेको हो।
 |  शुक्रबार, असोज ८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ८, २०७८

बैतडी- बैतडी प्रहरीले हत्या आरोपमा ४ जना पक्राउ गरेको छ। घटना भएको २४ घण्टाभित्रै उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बोधराज ओझाले बताएका छन्। उनीहरूलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ। 

पक्राउ पर्नेमा सुर्नया गाउँपालिका वडा नम्बर ५ का २६ वर्षीय रामबहादुर मडैले 'हत्या' गरेकै दिन नागरिकताको प्रमाणपत्र लिएको प्रहरी अनुसन्धानले देखाएको छ। सोही हत्या आरोपमा स्थानीयहरू शंकर सिंह महरा, हरिश सिंह महरा र रामबहादुर महरा पनि पक्राउ परेका छन्।

उनीहरूलाई इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोलीले हत्या भएको २४ घण्टाभित्रै पक्राउ गरी सार्वजनिक गरेको हो।  घटनाको आशंकामा ७ जना पक्राउ परेका भएपनि ३ जनालाई भने छाडिएको र पक्राउ परेका ४ जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। 

असोज ७ गते (बिहीबार) जिल्ला बैतडी सुर्नया गाउँपालिका-४ घर भएका सोही स्थानको सन्सेरमाडौँमा मासु व्यवसाय सञ्चालन गर्ने कमले महराको शव सोही गाउँपालिका सोही वडाको बाङगैरमा शव भेटिएको थियो। शरीरका विभिन्न स्थानमा चोटपटक लागेको अवस्थामा शव फेला परेको थियो। यसपछि प्रहरीले हत्याको आशंकामा अनुसन्धान अघि बढाएको थियो।

यसरी भयो हत्या घटना 

पक्राउ परेका मडैले हत्या गरेको प्रहरीको प्रारभ्मिक अनुसन्धानले देखाएको छ। शंकर, हरीश र रामबहादुर पनि मृतक  कमलेसँगै सुनर्या-४ कै रामबहादुर महराको होटलमा रक्सी सेवन गरिरहेकाले अनुसन्धान र सोधपुछका लागि पक्राउ गरिएको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार रामबहादुर महराको होटलमा स्थानीय मासु व्यवसायी कमले महरा र शंकरलागायतको समूहले रक्सी सेवन गरिरहेका थिए। त्यही बेलामा रामबहादुर मडै पनि असोज ७ गते साँझ बास बस्नका लागि भन्दै होटल पुगेका थिए। होटलमा रक्सी सेवन गरिरहेका कमले महरासँग मडैको विवाद भयो। यसअघि नै रक्सी सेवन गरेर होटल पुगेका मडै पनि थप आक्रोशमा आएका थिए। 

वादविवादको क्रम बढ्दै गएपछि मडैले विवाद गर्ने कमले महरालाई फलामको रडले प्रहार गरेका थिए। उनले कमलेको टाउकोलगायतका विभिन्न भागमा हिर्काएका थिए। यसपछि कमलेको मृत्यु भएको थियो। कमलेको मृत्यु भएपछि उनीहरू भागेको प्रहरीको भनाइ छ। 

हत्याको आरोपमा पक्राउ परेका मडै गत ६ वर्ष पहिलादेखि भारतमा काम गर्दै आएका थिए। केही दिन पहिला नागरिकताको प्रमाण पत्र बनाउन भनी घरमा आएका थिए। असोज ७ गते बिहान उनी नागरिकता बनाउनका लागि जिल्ला प्रशासन कार्यालय बैतडी गएका थिए। 

बिहीबार साँझ आफ्नो घर तर्फ आउने क्रममा जिल्ला बैतडी सुर्नया-४ स्थित सन्सेरमाडौंमा रामबहादुरले १ किलो कुखुराको मासु खरिद गरी सोही स्थानमा रहेको होटलमा पकाउन लगाएर रक्सीसँग सेवन गरेका थिए। रक्सी सेवन गरी उनी सेन्सरमाडौंबाट पुनः घरतर्फ लागेका थिए। तर उनी घर पुगेनन्। सोही गाउँपालिकाको सोही वडामा पर्ने राम बहादुर महराले सञ्चालन गरेको होटलमा बास बस्न पुगेका थिए। मडैले सोही दिन नागरिकताको प्रमाणपत्र बनाएर फर्किने क्रममा कमलेको हत्या गरेको प्रहरीको भनाइ छ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेकाले अनुसन्धान सकेपछि प्रहरीले सबै कुरा बाहिर ल्याउने अनुसन्धानमा संलग्न प्रहरी निरीक्षक शाहीले बताए। मृतक महराकी श्रीमती, दुई छोरा, एक बुहारी र २ नातिनी छन्। मृतकका जेठा छोरा मानसिक सन्तुलन ठिक नभएको र कान्छा छोरा वैदेशिक रोजगारीको लागि साउदी अरब पुगेका छन्। 

प्रकाशित: Sep 24, 2021| 20:15 शुक्रबार, असोज ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।